शीघ्र प्रिन्ट चाहने यी सेवाग्राहीले पाउने छन् ३ दिनमै स्मार्ट ड्राइभिङ लाइसेन्स

काठमाडौं – यातायात व्यवस्था विभागले शीघ्र प्रिन्ट चाहने विभिन्न व्यक्तिहरुका लागि तीन दिन भित्रै सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) दिने भएको छ ।

विभागले एक सूचना प्रकाशित गरी यो जानकारी दिएको हो । यस अनुसार अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली नागरिक र शान्ति सेना मिसनका लागि विदेश जाने नेपाली सेना एवं नेपाल प्रहरीका लागि यो सुविधा उपलब्ध हुनेछ ।

आगामी पुस १५ देखि यसका लागि अनलाइन आवेदन दिन सकिने र प्राविधिक समस्या नआएको अवस्थामा ३ कार्य दिन भित्र स्मार्ट कार्ड छपाई गरी वितरण गरिने विभागले जनाएको छ ।

सरकारले स्मार्ट लाइसेन्स जारी गरेपछि माग र आपूर्तिबीच सन्तुलन कायम गर्न नसक्दा पछिल्ला केही वर्षदेखि सवारीचालक अनुमतिपत्र प्राप्त गर्न निकै कठिनाइ भोग्नुपरेको सर्वसाधारणहरूको अनुभव छ ।

सम्बन्धित समाचारहरू

तनहुँमा सवारी चालक अनुमतिपत्रको ‘ट्रायल’  परीक्षा पुनः सञ्चालन हुँदै

तनहुँमा सवारी चालक अनुमतिपत्रको ‘ट्रायल’  परीक्षा पुनः सञ्चालन हुँदै

यातायात व्यवस्था कार्यालय तनहुँले यही असार २३ गतेदेखि  सवारी चालक...

फारम भरेको केही दिनमै आफूले भनेकै दिन ड्राइभिङ लाइसेन्सको परीक्षा दिन पाइने

फारम भरेको केही दिनमै आफूले भनेकै दिन ड्राइभिङ लाइसेन्सको परीक्षा दिन पाइने

काठमाडौँ – चालक अनुमति पत्रको परीक्षाका लागि वर्षौँ कुरेर पनि...

सुरक्षण मुद्रण केन्द्रमार्फत १२ लाख ड्राइभिङ लाइसेन्स छाप्ने तयारी

सुरक्षण मुद्रण केन्द्रमार्फत १२ लाख ड्राइभिङ लाइसेन्स छाप्ने तयारी

काठमाडौं — यातायात व्यवस्था विभागले सुरक्षण मुद्रण केन्द्रमार्फत १२ लाख...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...