गिलीको फेरिजोन अटोले ल्यायो १० वर्ष सर्भिस लाइफ भएको ब्याट्री

गिलीको फेरिजोन अटोले नयाँ कमर्सियल ब्याट्री सार्वजनिक गरेको छ । ब्ल्याक टर्टोइज ब्याट्री नाम दिइएको सो ब्याट्रीको सर्भिस लाइफ १० वर्ष वा ८ लाख किलोमिटर सम्म हुनेछ । यसमा १५० एमएम सम्मका पातला सेल प्रयोग गरिएको छ ।

फेरिजोन अटोको भी७ई कमर्सियल भ्यानमा पहिलो पटक सो ब्याट्री प्रयोग गरिएको छ । फेरिजोनका अन्य मोडलमा समेत क्रमशः यो ब्याट्री प्रयोग गरिने छ । फेरिजोन भी७ईले ३०५ किलोमिटरको सीएलटीसी रेन्ज दिनेछ । यसको टेस्टेड रेन्ज भने २८५ किलोमिटर छ ।

गिलीले चीनमा न्यु इनर्जी कमर्सियल भेइकलको विकास र बिक्रीका लागि सन् २०१६ मा फेरिजोन अटोको स्थापना गरेको थियो । हाल कमर्सियल भेइकल, अर्वान बस, लाइट ट्रक र मिथानोलबाट संचालित हुने हेभी ट्रक कम्पनीले उपलब्ध गराइरहेको छ ।

फेरिजोन भी७ई यही अप्रिलमा लन्च भएको थियो । अब ब्ल्याक टर्टोइज ब्याट्री भएको भी७ई उपलब्ध हुनेछ । रेगुलर ब्याट्री भएको भी७ईको मूल्य १ लाख १२ हजार ८ सय युआन थियो भने नयाँ ब्याट्री प्रयोग भए पछि यसको मूल्य १ लाख ४९ हजार ८ सय युआन हुनेछ ।

सो ब्याट्रीमा लिक्विड–कुलिङ फास्ट चार्जिङ सिस्टम प्रयोग गरिएको छ, जसले प्रति सेल ६ हजार चार्ज साइकल लिनेछ । यसलाई १० मिनेट चार्ज गर्दा २०० किलोमिटर दुरी पार गर्न सकिने छ । यसको रसायनिक पक्ष अझै सार्वजनिक भएको छैन । यद्यपि यसमा एलएफपी प्याक हुने सम्भावना छ ।

सम्बन्धित समाचारहरू

चीनले विकास गर्‍यो १२ मिनेटमै फुल चार्ज हुने ब्याट्री, इलेक्ट्रिक सवारीको भविष्यमा ठूलो फड्को

चीनले विकास गर्‍यो १२ मिनेटमै फुल चार्ज हुने ब्याट्री, इलेक्ट्रिक सवारीको भविष्यमा ठूलो फड्को

चीनले इलेक्ट्रिक सवारी क्षेत्रका लागि महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ...

ग्लोब्याट ब्याट्रीको डिलर मिट कार्यक्रम सम्पन्न, नयाँ सिरिजका ब्याट्री सार्बजनिक

ग्लोब्याट ब्याट्रीको डिलर मिट कार्यक्रम सम्पन्न, नयाँ सिरिजका ब्याट्री सार्बजनिक

काठमाडौं–नेपालको अग्रणी अटोमोटिभ ब्याट्री ब्राण्डमा पर्न सफल...

बिद्युतिय विमान तयार पार्दै सिएटिएल, रेन्ज ३ हजार किलोमिटर सम्म

बिद्युतिय विमान तयार पार्दै सिएटिएल, रेन्ज ३ हजार किलोमिटर सम्म

विश्वको सबैभन्दा ठूलो ईभी ब्याट्री निर्माता सिएटिएलले उच्च–घनत्व...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...