सन् २०२३ मा आएका बढी माइलेजका साथ उत्कृष्ट फिचर भएका कम मूल्यका बाइक

सन् २०२३ मा धेरै बाइक बजारमा लन्च भए । तीमध्ये यस्ता धेरै बाइक छन्, जुन माइलेजमा उत्कृष्ट र कम मूल्यका साथै लुकमा पनि उत्कृष्ट छन् ।

भारतमा लन्च भएका कतिपय यी बाइक नेपालमा आएका छन् भने कतिपय आउन बाँकी छन् ।

होन्डाले १५ मार्च २०२३ मा साइन १०० बाइक लन्च गरेको थियो । १०० सीसी सेग्मेन्टमा हिरो स्प्लेन्डरसँग प्रतिस्पर्धा गर्न होन्डाले १०० सीसी इन्जिन भएको साइन बाइक लन्च गरेको हो । सो बाइक निकै लोकप्रिय पनि भयो ।

बजाजले २६ डिसेम्बर २०२३ मा लन्च गरेको बाइक पल्सर एन१५० मा १४९.६८ सीसी, फोर–स्ट्रोक, सिंगल सिलिन्डर एफआई, एयर–कुल्ड इन्जिन दिइएको छ, जसले १४.५ पीएसको पावर र १३.५ एनएमको टर्क जेनेरेट गर्छ । यसमा धेरै अपडेट पनि गरिएको छ ।

टीभीएस रेडर १२५ सुपर स्क्वायर एडिसन पनि यही वर्ष लन्च भयो । टीभीएस मोटरले २०२१ मा रेडर बाइक लन्च गरेको थियो । कम्पनीले बाइकको अपडेट भर्सन आइरन म्यान एडिसन इन्भिन्सिबल रेड र ब्ल्याक प्यान्थर स्टिल्थ ब्ल्याक कलर र ग्राफिकसहित लन्च गरेको छ । सो बाइकलाई पनि निकै मन पराइएको थियो ।

कावासाकी डब्ल्यु१७५ स्ट्रीट डिसेम्बर ८, २०२३ मा लन्च भयो । नयाँ फिचरसहित डब्ल्यु१७५ स्ट्रीट भर्सनको साथमा लन्च गरिएको थियो । बाइकमा १७७ सीसी, सिंगल सिलिन्डर, एयर कुल्ड इन्जिन छ । साथै यसमा अलोय ह्विल र ट्युबलेस टायर पनि थपिएको छ ।

हिरो प्यासन प्लस पनि यही वर्ष लन्च भएको छ । बीएस६ मापदण्ड लागू भएपछि कम्पनीले सो बाइकको उत्पादन २०२० मा बन्द गरेको थियो । कम्पनीले सन् २०२३ मा सो बाइक ९७ सीसी इन्जिन र स्टार्ट÷स्टप टेक्नोलोजीसहित पुनः लन्च गरेको छ ।

सम्बन्धित समाचारहरू

टीभीएस अपाचे आरटीआर १६० बाइक अब अझ सुरक्षित र स्मार्ट

टीभीएस अपाचे आरटीआर १६० बाइक अब अझ सुरक्षित र स्मार्ट

टीभीएस मोटर कम्पनीले भारतको १६० सीसी मोटरसाइकल खण्डमा आफ्नो...

ट्रायम्फ स्पिड अव ३५० सिसी इन्जिनमा पनि आउने

ट्रायम्फ स्पिड अव ३५० सिसी इन्जिनमा पनि आउने

बजाजले आफ्नो प्रिमियम मोटरसाइकल ट्रायम्फ स्पिडलाई ३५० सिसी इन्जिनमा समेत...

नेपालमा बजाजको बजार हिस्सा ४० प्रतिशत, पल्सर बाइकको योगदान ७१ प्रतिशत

नेपालमा बजाजको बजार हिस्सा ४० प्रतिशत, पल्सर बाइकको योगदान ७१ प्रतिशत

इक्रा नेपालले सार्वजनिक गरेको तथ्य अनुसार नेपाली बजारमा बिक्री हुने दुई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...