पोखरामा टीभीएस एन्टर्क राइड सफलतापूर्वक सम्पन्न
पोखरा – टीभीएस मोटर कम्पनीको नेपालको लागि आधिकारिक वितरक जगदम्बा मोटर्स...
सन् २०२३ मा भारतीय बजारमा धेरै कम्पनीले नयाँ मोडल ल्याएका छन् । केही कम्पनीले आफ्ना बाइकमा विश्वस्तरीय फिचर र गुणस्तर उपलब्ध गराउने प्रयास गरेका कारण विश्वभर निकै प्रशंसा भएको थियो ।
ट्रायम्फ स्पिड ४००/स्क्रयाम्बलर ४०० एक्स
बेलायती बाइक निर्माता ट्रायम्फले बजाज अटोसँगको साझेदारीमा भारतीय बजारमा कम मूल्यका दुई बाइक सार्वजनिक गरेको थियो । यी दुवै बाइक कम्पनीको सबैभन्दा सस्तो बाइकका रूपमा लन्च गरिएको थियो । बाइकको लुक र परफर्मेन्सका कारण यी बाइक निकै लोकप्रिय रहे । यी दुवै बाइकमा ३९८ सीसी सिंगल सिलिन्डर इन्जिन छ जसले ८००० आरपीएममा ४० बीएचपीको पावर र ६५०० आरपीएममा ३७.५ एनएमको टर्क जेनेरेट गर्छ । ट्रायम्फ स्पिड ४०० को मूल्य २ लाख ३३ हजार भारुबाट सुरु हुन्छ ।
हिरो करिज्मा एक्सएमआर
हिरो मोटोकर्पले करिज्मा एक्सएमआर नयाँ अवतारमा लन्च गरेको थियो । पहिले करिज्मा जेडएमआर बन्द भएकोमा यसको नयाँ भर्सनको रुपमा यो बाइक सार्वजनिक गरिएको हो । नयाँ करिज्मामा फुल बडी फेयरिङका साथ शार्प डिजाइन दिइएको छ । बाइकमा नयाँ इन्जिन जडान गरिएको छ । नयाँ हिरो करिज्मामा २१० सीसी, सिंगल सिलिन्डर इन्जिन समावेश छ, जसले २५.५ बीएचपीको पावर र २०.४ एनएमको टर्क जेनेरेट गर्छ । यसको मूल्य १ लाख ८० हजार भारु छ ।
केटीएम ३९० ड्युक
नयाँ केटीएम ३९० ड्युक पुरानो मोडलको जस्तै फिचरले सुसज्जित छ तर यसको डिजाइन शार्प र आक्रामक छ । सो बाइकमा नयाँ ३९९ सीसी इन्जिन समावेश छ, जसले ४५ बीएचपी पावर र ३९ एनएमको टर्क जेनेरेट गर्छ । यसको मूल्य ३ लाख ११ हजार भारु छ ।
टीभीएस अपाचे आरटीआर ३१०
नयाँ टीभीएस अपाचे आरटीआर ३१० विश्वभर निकै लोकप्रिय छ । यसको आक्रामक स्टाइल र युनिक फिचरका कारण सो बाइक निकै आकर्षण देखिन्छ । बाइकमा ३१२.१२ सीसी लिक्विड कुल्ड, सिंगल सिलिन्डर इन्जिन छ, जसले ३५ बीएचपी पावर र २८.७ एनएमको टर्क जेनेरेट गर्छ । सो बाइकको मूल्य २ लाख ४३ हजार देखि २ लाख ६४ हजार भारुसम्मको छ ।
हार्ले डेभिडसन एक्स ४४०
ट्रायम्फ स्पिड ४०० सँग प्रतिस्पर्धा गर्न लन्च गरिएको हार्ले डेभिडसन एक्स ४४० बाइक हिरो मोटोकर्पसँगको साझेदारीमा निर्मित बाइक हो । सो बाइक कम्पनीको सबैभन्दा किफायती बाइक मध्ये एक हो । बाइकमा ४४० सीसी लिक्विड कुल्ड, २ भल्व इन्जिन जडान छ, जसले २७.३७ बीएचपीको पावर र ३८ एनएमको टर्क जेनेरेट गर्छ । यसको मूल्य २ लाख ४० हजार भारुबाट सुरु हुन्छ ।
यी बाइक मध्ये हिरो, केटीएम र टीभीएसका बाइक नेपाली बजारमा पनि उपलब्ध हुन सक्ने भए पनि यस्ता हेभी बाइकको खासै बजार नभएकोले त्यस्तो क्रेज देखिदैन । ट्रायम्फ र हार्ले डेभिडसन झन नेपाली बजारमा हाल बिक्री भइरहेका छैनन् ।
पोखरा – टीभीएस मोटर कम्पनीको नेपालको लागि आधिकारिक वितरक जगदम्बा मोटर्स...
हाल नेपालमा बजाज र टीभीएस गरी दुई कम्पनीले मात्र दुई पाङ्ग्रे तथा तीन...
काठमाडौं – नेपालमा टीभीएसकाे आधिकारिक वितरक जगदम्बा मोटर्सद्वारा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...