बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
नेपाली बजारमा हाल २ दर्जन बढी ब्रान्डका दुई पांग्रे सवारीसाधन उपलव्ध छन् । ती मध्ये आधा दर्जन ब्रान्ड बढी चलनचल्तीमा रहन सफल छन् । यी मध्ये बजाज, होन्डा, यामाहा, हिरो, टीभीएस, र रोयल इन्फिल्ड बढी चल्तीका ब्रान्ड हुन् । यी ब्रान्डमा पनि निश्चित मोडल बढी लोकप्रिय मानिन्छ, जसले समग्र ब्रान्डकै छवि उचोँ बनाउन सघाएको छ ।
बजाज पल्सर
नेपाली बजारमा सर्बाधिक बिक्री हुने ब्रान्ड हो बजाज । बजाजको पल्सर सिरिज युवा राइडरमाझ सर्बाधिक लोकप्रिय मानिन्छ । पल्सरका १२५ देखि २२० सीसीसम्मका बाइक बजारमा उपलव्ध छन् । जसमध्ये सर्बाधिक लोकप्रिय मोडलका रुपमा १५० र २२० छन् । यी बाइकको बिक्रीले बजाजको कुल बिक्रीको झन्डै ५० प्रतिशत हिस्सा धान्दै आएको छ ।
यामाहा एफजेडएस
नेपाली बजारमा दोस्रो सर्बाधिक बिक्री हुने ब्रान्डका रुपमा यामाहा अघि आएको छ । यामाहाको कुल बिक्रीमा एफजेडएस र स्कुटरको हिस्सा ठूलो रहँदै आएको छ । युवा राइडरमाझ लोकप्रिय एफजेडएस आकर्षक तथा स्पोर्टी लुक्सका कारण लोकप्रिय बन्न सफल भएको हो । यो बाइकको पावर तथा पर्फमेन्स समेत उच्च रहेको छ । पछिल्लो समय यामाहाले स्कुटरको हिस्सा समेत बढाउँदै लगेको छ । यामाहाका रेजीआर र फेसिनो स्कुटर आकर्षक लुक्स र आधुनिक प्रविधिका कारण लोकप्रिय बन्दै गएको हो । कुल बिक्रीको ७० प्रतिशत भन्दा बढी हिस्सा एफजेडएस र स्कुटरले धान्दै आएको छ ।
टीभीएस अपाचे र एनटर्क
आधिकारिक बितरकका रुपमा शंकर ग्रुप प्रबेश गरेसँगै नेपाली बजारमा टीभीएसको बिक्री ह्वात्तै बढेको छ । टीभीएसको अपाचे सिरिज सर्बाधिक लोकप्रिय मोडलका रुपमा रहन सफल मोडल हो । तर पछिल्लो समय एनटर्क स्कुटरको किर्तिमानी बिक्रीले टीभीएसको बिक्री समिकरणमा प्रभाव जनाँउदै लगेको छ । सन् २०२० मा सबैभन्दा बढी एनटर्क भित्रिएको आयातको तथ्यांकले देखाएको छ । यो अवधिमा एनटर्क मात्र १८ हजार युनिट आयात भएको हो ।
होन्डा डिओ र ग्राजिया
अघिल्लो बर्षसम्म बिक्रीको हिसावले दोस्रो स्थानमा रहन सफल होन्डाले लकडाउनको अवधिमा स्कुटर आयात गर्न नसकेपछि बजार गुमाउनु प¥यो । स्कुटरको बिक्री प्रभाबित बनेपछि बजार हिस्सा नै गुमाउनु परेको होन्डाको सबैभन्दा बढी हिस्सा स्कुटरले ओगट्दै आएको छ । होन्डा डिओ र ग्राजिया पछिल्लो समय चल्तिका स्कुटर हुन् । यद्यपि होन्डाका प्राय सबैजसो स्कुटर लोकप्रिय मानिन्छन् । होन्डा बिक्रीको ८० प्रतिशत भन्दा बढी हिस्सा स्कुटर सेग्मेन्टले ओगटेको छ ।
रोयल इन्फिल्ड क्लासिक
क्रुजर सेग्मेन्टमा सर्बाधिक लोकप्रिय रोयल इन्फिल्डले नेपाली बजारमा बिक्री हुने प्रिमियम बाइकमा पहिलो स्थान ओगट्न सफल छ । रोयल इन्फिल्डका आधादर्जन मोडल उपलव्ध रहेपनि सर्बाधिक सफल मोडल भने क्लासिक ३५० हो । रोयल इन्फिल्डको कुल बिक्रीको ९५ प्रतिशत हाराहारी हिस्सा क्लासिकले ओगट्दै आएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...