किया सेल्टोस, सोनेट र क्यारेन्समा अव ७ वर्षको विस्तारित वारेन्टी

कियाले भारितय बजारमा अब सेल्टोस, सोनेट, साइरोस र क्यारेन्स मोडलमा ७ वर्षको विस्तारित वारेन्टी प्रदान गर्ने भएको छ ।

हाल आफ्नो सवारी साधनमा ५ वर्षको वारेन्टी भएका नयाँ र पुराना दुबै ग्राहकहरूका लागि विस्तारित वारेन्टी कार्यक्रम लागु हुने जनाइएको छ । विस्तारित वारेन्टिलाई डेलिभरीको मितिदेखि ५ वर्षबाट ७ वर्षसम्म स्तरोन्नति गरिएको हो ।

५ वर्षको विस्तारित वारेन्टीको लागि पुराना ग्राहकले ३२ हजार १७० भारु भुक्तानी गर्नुपर्ने छ भने नयाँ ग्राहकका लागि ४७ हजार २४९ भारु लाग्ने कम्पनीको भनाई छ ।

किया इन्डियाका बिक्री तथा मार्केटिङका ​​वरिष्ठ उपाध्यक्ष अतुल सूदका अनुसार, ग्राहकहरूको फाइदा बढाउन र पूर्ण मानसिक शान्ति सुनिश्चित गर्न नयाँ कार्यक्रम लागु गरिएको हो । उनले भने, ‘नयाँ र पुराना दुवै ग्राहकहरूको लागि हाम्रो वारेन्टी कभरेज ७ वर्षसम्म विस्तार गरेर हामीले कियाका कारहरु गुणस्तरिय रहेको विश्वास दिलाएका छौं ।’

सम्बन्धित समाचारहरू

नयाँ डिजाइन, क्याबिन र फिचर सहित आयो नेक्स्ट जेनेरेसन किया स्पोर्टेज

नयाँ डिजाइन, क्याबिन र फिचर सहित आयो नेक्स्ट जेनेरेसन किया स्पोर्टेज

दक्षिण कोरियाली कम्पनी कियाले स्पोर्टेज एसयूभीको नेक्स्ट जेनेरेसन मोडल...

नेपालमा छन् हिउँमा चलाउन उपयुक्त स्नो मोड भएका यी कार (सूचीसहित)

नेपालमा छन् हिउँमा चलाउन उपयुक्त स्नो मोड भएका यी कार (सूचीसहित)

मौसम अब विस्तारै खुल्दै छ । विगत तीन चार दिन यता मौसम निकै चिसो बन्यो । देशका...

कियाले ल्याउदैछ १८ मिनेटमा चार्ज हुने र ४२५ किमी रेन्ज दिने इलेक्ट्रिक कार

कियाले ल्याउदैछ १८ मिनेटमा चार्ज हुने र ४२५ किमी रेन्ज दिने इलेक्ट्रिक कार

कियाले चाँडै नै आफ्नो पहिलो इलेक्ट्रिक कार लन्च गर्ने तयारी गरिरहेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...