देशका यी १० स्थानमा छ कियाको सर्भिस सेन्टर, २ वर्षपछि डेढ दर्जन पुर्याउने लक्ष्य
एसयुभी सेग्मेन्टका गाडीमा उच्च दरको बिक्री हाँसिल गर्न सफल कियाले पछिल्लो...
दक्षिण कोरियाली कम्पनी कियाले स्पोर्टेज एसयूभीको नेक्स्ट जेनेरेसन मोडल आधिकारिक रुपमा सार्वजनिक भएको छ । कम्पनीले यसको तस्बिर जारी गरेकोे छ । किया स्पोर्टेज एसयूभीको तस्बिर अनुसार सो कारको एक्सटेरियरमा केही परिवर्तन भएको देख्न सकिन्छ ।
नयाँ प्रिमियम ५ सीटर एसयूभी स्पोर्टेजमा नयाँ डिजाइनको प्रयोग गरिएको छ । यसमा ब्रान्डको नयाँ फ्ल्यागसिप ईभी६ इलेक्ट्रिक कारको स्टाइलको पनि प्रभाव परेको देख्न सकिनछ । सो एसयूभी कियाको नयाँ डिजाइन फिलोसोफीमा आधारित नयाँ मोडल हुनेछ । यसको कारण सो एसयूभीको लुक एग्रेसिभ र आकर्षक डिजाइनको हुनेछ ।
रिपोर्टका अनुसार नयाँ किया स्पोर्टेज २०२२ मोडल जुलाईमा अन्तरराष्ट्रिय बजारमा बिक्रीको लागि उपलब्ध हुनेछ । कम्पनीले सबैभन्दा पहिला घरेलु बजार दक्षिण कोरियामा यसको बिक्री गर्नेछ ।
२०२२ किया स्पोर्टेज एसयूभीको लागि एन३ प्लेटफर्मको प्रयोग गरिनेछ । सो प्लेटफर्मको प्रयोग नयाँ हुन्डाई टक्सन र किया के५ एसयूभीमा पनि गरिएको थियो । स्पोर्टेज एसयूभीको अगाडि बडी ग्रिलको साथमा सिधा रेखा रहेको छ । यसमा बुमरेङको आकारमा एलईडी डे टाइम रनिङ लाइट समावेश गरिएको छ, जसको पछाडि मेन हेडलाइट रहेको छ ।
सो एसयूभीको माथिको बडी पनि रिडिजाइन गरिएको छ । यो पहिला भन्दा बढी कम्प्याक्ट भएको छ । सो कारमा २०२२ किया स्पोर्टेज एक्स–लाइन भर्सन पनि हुनेछ । साथै यसमा विशेष डिजाइनको साथमा फरक फ्रन्ट बम्पर, ग्लास ब्ल्याक फिनिश, रुफ बार र स्पष्ट रियर स्पोइलर पनि समावेश गरिएको छ ।
कियाले २०२२ स्पोर्टेजको इन्टेरियरमा गियर लिभरलाई रोटरी गियर सेलेक्टरको साथमा परिवर्तन गरेको छ । गियरमा ड्राइभिङ मोडको विकल्प, सीटको हिटिङ र भेन्टिलेशन कन्ट्रोल समावेश गरिएको छ ।
सो एसयूभीमा डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, डुअल स्क्रिन ड्यासबोर्डको साथमा टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम जस्ता फिचर समावेश गरिएको छ । सो कारको प्यासेन्जर साइड ड्यासबोर्ड पनि निकै आकर्षक रहेको छ ।
एसयुभी सेग्मेन्टका गाडीमा उच्च दरको बिक्री हाँसिल गर्न सफल कियाले पछिल्लो...
दक्षिण कोरियाली कार निर्माता कम्पनी कियाले भारतमा सोशल मिडियामार्फत नयाँ...
भारतमा कियाले नयाँ लोगो सहित सोनेट र सेल्टोस एसयूभीको अपडेट भर्सन लन्च...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...