इलेक्ट्रिक र हाइब्रिड गाडीसहित फोर्ड छिट्टै भारतमा रि-इन्ट्री हुने, तर इकोस्पोर्ट नल्याउने
फोर्डले भारत छोडेको लामो समय भइसकेको छ। तर पछिल्लो केही समयदेखि भारतमा...
सामान्यतः पिकअपलाई सामान ओसारपसार गर्ने साधनका रुपमा लिइन्छ । तर बजारमा अत्याधुनिक विशेषता सहितका यस्ता पिकअप समेत उपलब्ध छन् जसको मूल्य बिलासी मानिने महंगो एसयूभी भन्दा पनि बढी छ । नेपाली बजारमा १ करोड हाराहारी र सो भन्दा बढी मूल्यका पिकअपको समेत कारोबार हुँदै आइरहेको छ ।
उच्चतम पावर तथा पर्फमेन्स, उच्च ग्राउन्ड क्लियरेन्स र पर्याप्त बुट स्पेस हुने यस्ता पिकअपमा महंगा र बिलासी मानिने एसयूभीमा उपलब्ध हुने फिचर्ससमेत दिइएको हुन्छ । यी र यस्ता विशेषताका कारण पिकअपको प्रयोग विशेषगरी ठूला निर्माण परियोजना र एड्भेन्चर टुरमा बढी हुने गरेको पाइन्छ ।
नेपालको सन्दर्भमा यस्ता परियोजना विशेषगरी ग्रामिण भेग लक्षित हुने हुँदा उक्त क्षेत्रमा सामान्य प्यासेन्जर कार पुग्न सक्दैनन् । त्यस्ता क्षेत्रमा निर्माण व्यवसायी, इन्जिनियर र कन्सल्ट्यान्टलाई आवतजावत गराउन यस प्रकारको पिकअप बढी मात्रामा प्रयोग हुँदै आइरहेका छन् ।
नेपाली बजारमा यस प्रकारका पिकअपको मूल्य १ करोड ५९ लाख रुपैयाँसम्म निर्धारण गरिएको छ । महंगा र प्रिमियम पिकअप भारतबाहेक तेस्रो मुलकबाट आयात हुँदै आइरहेका छन् । यो सेग्मेन्ट अन्तर्गत नेपाली बजारमा सर्बाधिक लोकिप्रय र बढी कारोबार हुने ब्रान्डमा पर्छ टोयोटा । टोयोटा हाइलक्स २३९३ र २७५५ सीसी क्षमतामा उपलब्ध छ । जसमध्ये २३९३ सीसी क्षमताको मूल्य ९६ लाख र अर्को २७५५ सीसी क्षमताको १ करोड १० लाख रुपैयाँ पर्छ । यो पिकअप थाइल्यान्न्डबाट आयात गरिन्छ ।
हाल बजारमा उपलब्ध पिकअप मध्ये सबैभन्दा महंगो पिकअप भने फोर्ड ब्रान्डको छ । फोर्डको रेन्जर र ¥याप्टर २ मोडलका पिकअप उपलब्ध छन् । जसमध्ये फोर्ड रेन्जर एक्स भेरिएन्टको मूल्य ९६ लाख ९० हजार र अर्को एक्सएलटी भेरियन्टको १ करोड ९ लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको छ । रेन्जर ३२ सय सीसी इन्जिन क्षमतामा उपलब्ध छ ।
त्यसैगरी २ हजार सीसी क्षमताको फोर्ड ¥याप्टरको मूल्य १ करोड ५९ लाख रुपैयाँ तोकिएको छ । यो पिकअपमा अत्याधुनिक बिशेषता उपलब्ध गराइएको छ । फोर्डका यी सबै पिकअप समेत थाइल्यान्डबाटै आयात हुन्छन् ।
मित्सुबिसी एल२०० अर्को महंगो पिकअप हो । २ हजार २ सय सीसी क्षमताको यो पिकअप ५ स्पिड अटोमेटिक र ६ स्पिड म्यनुअल ट्रान्समिसनमा उपलब्ध छ । जसको मूल्य क्रमश ९४ लाख र ९९ लाख रुपैयाँ पर्छ । यो पिकअप जापानबाट आयात हुन्छ ।
निसान ब्रान्डको नभारा अर्को पावरफुल तथा महंगो पिकअप हो । २ हजार ५ सय सीसी क्षमताको यो पिकअपलाई नेपालमा ९५ लाख ४९ हजार रुपैयाँ पर्छ । यो पिकअप समेत थाइल्यान्डबाटै आयात गरिन्छ ।
फोर्डले भारत छोडेको लामो समय भइसकेको छ। तर पछिल्लो केही समयदेखि भारतमा...
भारतीय अटो बजारमा आगामी केही वर्ष भित्र कूप सेगमेन्टमा ठूला एसयूभी लन्च...
यात्राको दौरान बिच बाटोमा गाडी बिग्रियो अर्थात ब्रेक डाउनको समस्या आयो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...