स्पोर्ट र एड्भेन्चर मोटरसाइकलका लागी सिएटले ल्यायो नयाँ टायर
भारतको चर्चित टायर ब्राण्ड सिएटले स्पोर्ट र एड्भेन्चर मोटरसाइकलका लागी...
सन् २०१६ मा जेड टायरले विश्वको सबैभन्दा महँगो टायर बनाएको थियो । यसमा २४ क्यारेट सुन र हिरा जडान गरिएको थियो । यद्यपि यी टायर कहिल्यै प्रयोगमा ल्याइएन । दुबईमा भएको रिफेन व्यापार मेलामा सो टायर करिब ४ करोडमा लिलामी भएको थियो ।
लेटरनियोन एल २३५० टायरको मूल्य करिव ७० लाख रुपैयाँ पर्छ । यसको चारवटै टायरको मूल्य करिब २ करोड ७० लाख रुपैयाँ पर्छ । सो टायरको उचाइ १४ फिट र परिधि ४ मिटर छ । यसको वजन लगभग ६ टन छ ।
क्याटरपिलर ७९७ टायरमा लगभग ४७ नट हुन्छ । यसलाई मिशेलिन कम्पनीले बनाएको हो र यसको तौल करिब ५.३ टन छ । एउटा टायरको मूल्य करिब ४५ लाख रुपैयाँ पर्छ ।
केही महँगो टायर बुगाटी भेरोन जस्ता सुपर लक्जरी कारमा प्रयोग गरिन्छ । यो टायर फ्रान्सेली कम्पनी मिशेलिनले बनाउँछ । यो टायरको मूल्य करिब ४३ लाख रुपैयाँ रहेको छ ।
तौलको हिसाबले सबैभन्दा भारी टायर स्पेस शटलमा प्रयोग हुने टायर हुन् । यसको तौल ५६ टन हुन्छ र यो एकपटक मात्र प्रयोग गरिन्छ । यसमा नाइट्रोजन भरिएको हुन्छ । एक पटक प्रयोग गरे पछि सो टायर रिटायर हुन्छ । यसको मूल्य ६ लाख ५० हजार रुपैयाँ पर्छ ।
फायरस्टोन र गुडइयरद्वारा निर्मित मुन्सवाटर ट्रक टायरको उचाई ११ फिट र चौडाइ १२ फिटको हुन्छ । यसको तौल ४.५ टन हुन्छ । यसको मूल्य प्रत्येक टायरको ११ लाख रुपैयाँ जति हुन्छ ।
भारतको चर्चित टायर ब्राण्ड सिएटले स्पोर्ट र एड्भेन्चर मोटरसाइकलका लागी...
भारतको प्रतिष्ठित टायर निर्माता कम्पनी जेके टायरले ग्रेटर नोयडामा...
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो ७०औँ जन्म दिनमा अनौठो उपहार...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...