सिजन एक्सचेन्ज क्याम्पको, टीभीएस र यामाहाले ल्याए यस्तो एक्सचेन्ज अफर

फेस्टिभल सिजनको सुरुवातसँगै अहिले विभिन्न टु ह्विलर कम्पनीहरु नयाँ नयाँ अफर ल्याउने तयारीमा जुटेका छन् भने केही टु ह्विलर कम्पनीहरुले फेस्टिभल अफर सार्वजनिक समेत गरिसकेका छन् । अन्य कम्पनीहरुले एक्सचेन्ज अफर चलाइरहेका छन् । यो सिजनमा बढीभन्दा बढी मोटरसाइकल तथा स्कुटर बिक्री गर्न कम्पनीहरुले ग्राहकलाई फाइदा पुग्ने गरी विभिन्न अफर सार्वजनिक गर्ने गरेका हुन् ।

नेपाली अटो बजारमा प्रायः सबैजसो टु ह्विलर कम्पनीले फेस्टिभल सिजनलाई लक्षित गरी एक्सचेन्ज अफर समेत सञ्चालन गर्दै आइरहेका छन् । एक्सचेन्ज अफरमा ग्राहकको सहभागितालाई अध्ययन गरी फेस्टिभल अफर सार्वजनिक हुँदै आइरहेको छ । हाल टीभीएस र यामाहाले देशब्यापी एक्सचेन्ज क्याम्प चलाइरहेका छन् भने अन्य कम्पनीले समेत अबको केही दिनभित्रै यस्तो क्याम्प चलाउने तयारी थालेका छन् ।

एक्सचेन्ज क्याम्पमा ग्राहकले आफूसँग भएको जुनसुकै पुरानो मोडलको मोटरसाइकल वा स्कुटरसँग सम्वन्धित कम्पनीको ब्रान्ड न्यु मोटरसाइकल तथा स्कुटर सट्टापट्टा गर्न सक्नेछन् । प्रायः कम्पनीहरुले यस्तो सुविधा बाह्रै महिना चलाइरहे पनि फेस्टिभल सिजनमा आयोजना हुने एक्सचेन्ज क्याम्पमा भने अतिरिक्त सुविधा समेत उपलब्ध गराउँदै आइरहेका छन् ।

उनीहरुले पुरानो बाइकको उच्चतम मूल्यांकन गर्दै, नगद छुट र सजिलो फाइनान्स सुविधा समेत उपलब्ध गराउँदै आइरहेका छन् । कतिपय कम्पनीहरुले भने एक्सचेन्जमा उपलब्ध गराउँदै आइरहेको सुविधामा दशै स्किम समेत थप गरी ग्राहकलाई आकर्षित गर्ने गरेको पाइन्छ । । त्यसैले पनि यो सिजनमा पुरानो मोटरसाइकल वा स्कुटरसँग नयाँ एक्सचेन्ज गर्दा ग्राहकलाई दोहोरो फाइदा पुग्ने देखिन्छ ।

यस्तो छ टीभीएस र यामाहाको एक्सचेन्ज सुविधा
टीभीएस मोटर्सको आधिकारिक बितरक जगदम्बा मोटर्सले भदौ ४ गतेदेखि देशब्यापी एक्सचेन्ज क्याम्प सञ्चालन गर्दै आइरहेको छ । ग्राहकले आफूसँग भएको जुनसुकै ब्रान्डको पुरानो मोटरसाइकलसँग एक्सचेन्ज गरी ब्रान्ड न्यु टीभीएस मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकलाई कम्पनीले बजार मूल्यांकन भन्दा बढी मूल्य, शून्य प्रतिशत ब्याजदरमा फाइनान्स सुबिधा र नगद छुट उपलब्ध गराउँदै आइरहेको छ । ग्राहकसँग भएको पुरानो मोटरसाइकलमा बजारले गरेको मूल्यांकनमा १५ हजार रुपैया थप र ८ हजारसम्म नगद छुट उपलब्ध गराउने कम्पनी स्रोतको भनाइ छ । यो अफर भदौ १५ सम्म लागू हुनेछ ।

त्यसैगरी, यामाहाको लागि नेपालको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नेपार भरका यामाहाका आधिकारिक शोरुममा एक्सचेन्ज क्याम्प सञ्चालन गर्दै आइरहेको छ । यो एक्सचेन्ज योजनामा ग्राहकले कुनै पनि ब्रान्डको जुनसुकै पुरानो मोटरसाइकलसँग यामाहाको मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्न सक्नेछन् भने हरेक एक्स्सचेन्जमा बजार मूल्यांकन भन्दा १५ हजार रुपैयाँ थप मूल्यांकन दिने कम्पनीले जनाएको छ । यसै योजनामा नगदमा मोटरसाइकल खरिद गर्न चाहने ग्राहकले ७ हजार रुपैयाँ नगद छुट प्राप्त गर्नेछन् ।

त्यसैगरी, यो योजना अन्तर्गत कुनै पनि स्किममा मोटरसाइकल खरिद गर्दा निःशुल्क एसेसरिज प्राप्त गर्न सकिने छ । यसै योजनामा विभिन्न ईएमआई सुविधासमेत उपलब्ध गराएको छ । ५० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले व्याज तिर्नु पर्दैन भने ग्राहकले ३० प्रतिशत डाउन पेमेन्ट गरेर पनि मोटरसाइकल तथा स्कुृटर खरिद गर्न सक्नेछन् । भदौ ८ देखि सञ्चालन गरिएको यो योजना १३ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचारहरू

यामाहाले ग-यो चौथो पुस्ताको एमटी ०७ बाइकको ग्लोबल लन्च

यामाहाले ग-यो चौथो पुस्ताको एमटी ०७ बाइकको ग्लोबल लन्च

यामाहाले नयाँ पुस्ताको एमटी ०७ बाइक ल्याएको छ । चौथो जेनेरेसनको सो बाइकमा...

टीभीएस अपाचे आरटीआर १६० बाइक अब अझ सुरक्षित र स्मार्ट

टीभीएस अपाचे आरटीआर १६० बाइक अब अझ सुरक्षित र स्मार्ट

टीभीएस मोटर कम्पनीले भारतको १६० सीसी मोटरसाइकल खण्डमा आफ्नो...

यस्तो हुनेछ टीभीएस रोनिन, लन्च नहुँदै सार्वजनिक

यस्तो हुनेछ टीभीएस रोनिन, लन्च नहुँदै सार्वजनिक

टीभीएस बाइकप्रेमीका लागि रोचक खबर । टीभीएसले बजारमा ल्याउने भनेको नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...