२५० किलोमिटर रेन्ज दिने प्रिमियम इलेक्ट्रिक मोटरसाइकल नेपाल आउने

नेपाली बजारमा एकपछि अर्को नयाँनयाँ ब्रान्डका इभी आयत हुने क्रम तिव्र वन्दै गएको छ । सोही क्रममा चीनबाट अर्को नयाँ प्रिमियम इलेक्ट्रिक मोटरसाइकल नेपाल आउन लागेको छ । इभोक इलेक्ट्रिक बाइकको नेपालका लागि आधिकारिक वितरक इन्डुरो मोटर्सले चीनबाट अर्वान एस नामको नयाँ वाइक ल्याउन लागेको हो ।

अर्वान एसमा कम्पनीले १०.०४ किलोवाट आवरको लिथियम ब्याट्री प्याक जडान गरेको छ । सो ब्याट्रीलाई एकपटक फूल चार्ज गरेपछि २५० किलोमिटर रेन्ज पाउन सकिने कम्पनीको दावी छ । साथै यसमा २० किलोवाटको मोटरहव दिइएको छ । सो मोटरको पिक पावर २००० वाट र टर्क २०९ एनएम रहेको छ । वाइकलाई १४० किलोमिटर प्रतिघन्टाको उच्च गतीमा हाँक्न सकिन्छ ।

इभोकको सो मोटरसाइकलमा एलइडी लाइटिङ सेटअप, व्लुटुथ र वाइफाई सपोर्ट गर्ने ५ इन्चको टीएफटी डिस्प्ले, अगाडी चक्कामा डुअल डिस्क र पछाडी सिंगल डिस्क व्रेक सहितको कम्वाइन व्रेकिङ सिस्टम र अगाडी डुअल शक इन्भर्टेड फर्क र पछाडी मोनोशक सस्पेन्सन लगायत फिचर्स पाउन सकिन्छ ।

सो मोटरसाइकलको मूल्य अन्तराष्ट्रिय बजारमा ८ हजार डलरसम्ममा बिक्री हुँदै आएको छ । नेपाल आउँदा यसको मूल्य कतिपर्छ भनेर अहिले नै यकिन भइनसकेको बिक्रेता कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचारहरू

काँक्रेविहार यातायातलाई किटोनका १९ वटा विद्युतीय माइक्रो बस हस्तान्तरण

काँक्रेविहार यातायातलाई किटोनका १९ वटा विद्युतीय माइक्रो बस हस्तान्तरण

काठमाडौं– सुर्खेतको काँक्रेविहार यातायात प्रालिलाई ‘किटोन’ ब्राण्डका १९...

चेरीको इलेक्ट्रिक कारमा सीएटीएलको सोडीयम–आयोन व्याट्री हुने

चेरीको इलेक्ट्रिक कारमा सीएटीएलको सोडीयम–आयोन व्याट्री हुने

चीनीयाँ अटो निर्माता चेरीले आफ्नो इलेक्ट्रिक कारमा सीएटीएलको...

चर्चामा संसारकै सस्तो कार ओरा आर१, २० लाख सम्म मूल्यका साथ नेपाली बजारमा उपलब्ध हुने अपेक्षा

चर्चामा संसारकै सस्तो कार ओरा आर१, २० लाख सम्म मूल्यका साथ नेपाली बजारमा उपलब्ध हुने अपेक्षा

काठमाडौं – केही दिन पहिले सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरे...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...