आईएमई अटोमोटिभ्सले बिक्री गर्ने उपकरण किन्न एभरेष्ट वैंकले ७५ प्रतिशत कर्जा दिने

आईएमई अटोमोटिभ्सले बिक्री गर्ने विभिन्न ब्रान्डका उपकरणमा एभरेष्ट वैंकले कर्जा प्रवाह गर्ने भएको छ । आईएमईले बिक्री गर्ने एस्कर्ट, भर्ट र हुन्डाई व्रान्डका उपकरणमा वैंकले आकर्षक व्याजदरमा ७५ प्रतिशत कर्जा दिने सम्झौता भएको हो ।

सम्झौतामा आईएमई अटोमोटिभ्सकाका तर्फबाट सीईओ हेमन्त पुराणिक र वैंकका डेपुटी जनरल म्यानेजर गौरव कुमारले हस्ताक्षर गरेका हुन् ।

सो सम्झौतासँगै ग्राहकले आईएमई अटोमोटिभ्सको देशभर संचालनमा रहेका शाखाबाट सरल र सहज रुपमा फाइनान्स सुविधा पाउनेछन् । कम्पनीले हाल एस्कर्ट व्रान्डको व्याकहो लोडर, रोड रोलर र क्रेन बिक्री गर्दै आएको छ भने हुन्डाई ब्रान्डको एस्काभेटर र भर्ट व्रान्डको स्किड स्टिर लोडर समेत उपलब्ध गराउँदै आएको छ । सो सम्झाताले ग्राहकलाई यी ब्रान्डका निर्माण उपकरण खरिद गर्न सहज हुने विश्वास लिइएको छ ।

आईएमई अटोमोटिभ्सले विगत लामो समयदेखि एस्कर्ट ब्रान्डको निर्माण उपकरण विक्री गर्दै आएको थियो भने हालै कम्पनीले भर्ट ब्रान्डको स्किड स्टिर लोडर थप गरेको हो ।

यी उपकरण वलियो, मजवुत र इन्धन किफायती विशेषतायुक्त रहेका कम्पनीको भनाइ छ । हुन्डाई व्रान्डको एस्काभेटर समेत बिक्री गर्न थालेपछि कम्पनी निर्माण उपकरणमा सवै रेन्ज उपलब्ध गराउन सक्षम भएको बताइएको छ ।

सम्बन्धित समाचारहरू

थर्ड पार्टी इन्स्योरेन्स अर्थात तेस्रो पक्षीय मोटर बीमा भनेको के हो ? कसरी गरिन्छ ? फाइदा के ?

थर्ड पार्टी इन्स्योरेन्स अर्थात तेस्रो पक्षीय मोटर बीमा भनेको के हो ? कसरी गरिन्छ ? फाइदा के ?

नेपालमा वि.सं. २०६२ सालमा मोटर बीमादर सम्बन्धी निर्देशिका, २०६२ लागू गर्दै...

नारी दिवसको अवसरमा आइएमई अटोमोटिभ्सले महिलालाई निशुल्क तालिम दिने

नारी दिवसको अवसरमा आइएमई अटोमोटिभ्सले महिलालाई निशुल्क तालिम दिने

एक्सर्ट्स हेभी इक्विपमेन्टको नेपालका लागी आधिकारिक वितरक आईएमई...

आइएमई मोटर्सले ग-यो एकै साथ दुई शाखा सुरुवात, ग्राहकको साथमा रहने प्रतिवद्धता

आइएमई मोटर्सले ग-यो एकै साथ दुई शाखा सुरुवात, ग्राहकको साथमा रहने प्रतिवद्धता

काठमाडौं – आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रालिले २ वटा शाखा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...