इभीमा लम्किसकेको अटोबजार के फेरी फर्किएला त कम्वसनमा ?

विश्व अटो बजार अहिले इभीमय वनिरहेको छ । नेपालको सन्दर्भलाई हेर्ने हो भने पछिल्लो समय बजारमा इभीको माग उच्च गतिमा वढिरहेको छ । माग बढेसंगै आयतकर्ता कम्पनीहरुले पनि इभीलाई पहिलो प्राथमिकता दिन थालिसकेका छन् ।

नेपालमा इभीको आयतले कम्वसन गाडीलाई निकै पछि पारेको प्रष्ट हुन्छ । चालु आर्थिक वर्षको ११ महिनामा आयत भएको कुल सवारीसाधनमा इभीको संख्या कम्वसनको तुलनमा निकै वढी छ । सो अवधीमा ३ हजार ८७० युनिट विद्युतिय कार नेपाल भित्रिँदा कम्वसनको संख्या २ हजार ४०० यूनिटमा मात्र सिमित हुन पुग्यो ।

ईभीलाई प्रवद्र्धन गर्न भन्दै सरकारले भन्सार र अन्तशुल्कमा छुट दिने निती लिएपछि इभीको बिक्री नेपालमा ह्वात्तै वढ्न थालेको हो । साथै आयतकर्ता कम्पनी र सरकारी निकायको पहलमा देशका विभिन्न स्थानहरुमा चार्जिङ पूर्वाधार विस्तार भइरहेका कारण पनि इभी किन्न चाहने ग्राहकको आत्मवल वढिरहेको छ ।

यसैगरी इभीको संचालन खर्च कम पर्नु र वैंक तथा वित्तिय संस्थाले ८० प्रतिशतसम्म लोन प्रवाह गर्नुजस्ता कारण पनि इभीको बिक्री वढीरहेको छ । जवकी कम्वसन गाडीमा कतिपय वैंकले लोन नै दिन छाडिसकेका छन् भने दिइहाले पनि ५० प्रतिशत मात्र प्रवाह हुँदै आएको छ । अर्कोतर्फ इभी र कम्वसन गाडीको कर्जामा लाग्ने व्याजदरमा समेत राम्रै अन्तर रहेको देखिन्छ ।

बजारमा इभीको माग बढ्दै गएको र कम्वसनको घट्दै गएपछि आयतकर्ता कम्पनीले पनि इभीकै आयतमा वढि जोड दिन थालेका छन् । जसलाई टाटा गाडीको आयतकर्ता सिप्रदी ट्रेडिङले भारतमा धेरै अघि लन्च भएको पन्चलाई नेपाल ल्याउन नचाहेबाट प्रष्ट हुन्छ । पन्च भन्दा धेरै पछि आएको टियागो इभीलाई छिटो ल्याउन आतुर देखिएको सिप्रदी स्रोतले पन्चलाई उपयुक्त समयमा नेपाल भित्राउने बताउँदै आएको छ ।

त्यसो त बजारमा माग नै कम भएका कारण पछिल्लो सयम नेपाल भित्रिएका सुजुकी ब्रेजा र ग्रान्ड भिटरा, महिन्द्रा एक्सयूभी ३०० र एक्यूभी ७०० एवं सिट्रोन सी३ जस्ता मोडलले अपेक्षित बजार लिन सकिरहेका छैनन् । कम्वसन गाडीलाई सरकारले लामो समयसम्म आयतमै प्रतिवन्ध लागएका कारण पनि यसको बजारले लय गुमाउँदै गएको अनुमान गर्न सकिन्छ ।

इभीको क्रेज वढिरहेको सन्दर्भमा एकातर्फ राज्य नै यसको प्रवद्र्धनमा लागिपरेको छ भने अर्कोतर्फ बजार ओरालो लाग्दै गएको कम्वसन गाडीमा विभिन्न तवरबाट कडाई गरिँदै लगिएको छ । जसका कारण नेपालमा इभीले कायम गरेको हालको लयलाई कम्वसनले चुनौती दिन निकै कठिन हुने प्रष्ट देखिन्छ ।

सम्बन्धित समाचारहरू

एक पटक चार्ज गर्दा ५० किमी चल्ने नेपालमै बनेको स्कुटर : नाम ‘सारथी’ राख्ने वारेमा छलफल

एक पटक चार्ज गर्दा ५० किमी चल्ने नेपालमै बनेको स्कुटर : नाम ‘सारथी’ राख्ने वारेमा छलफल

काठमाडौं – पेट्रोलियम पदार्थ प्रयोग हुने सवारीसाधनको विकल्प...

‘मेड इन नेपाल’ यात्री मोटरसाइकल उत्पादन गर्न यात्री र सिप्रदी बिच सहकार्यको घोषणा

‘मेड इन नेपाल’ यात्री मोटरसाइकल उत्पादन गर्न यात्री र सिप्रदी बिच सहकार्यको घोषणा

यात्रीका उत्पादन विकास, निर्माण र प्रवर्धन गर्नका लागि यात्री र सिप्रदी...

चितवनका सडकमा १०० भन्दा बढी नामी कार : विशेष ‘नामी सेलिब्रेशन ड्राइभ’ सम्पन्न

चितवनका सडकमा १०० भन्दा बढी नामी कार : विशेष ‘नामी सेलिब्रेशन ड्राइभ’ सम्पन्न

चितवन – डोङफेङ इलेक्ट्रिक सवारी साधनको नेपालका लागि आधिकारिक वितरक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...