१०० वर्ष पुग्यो एमजी : नेपालमा पुराना गाडीसँग एमजी जेडएस ईभी साट्न सकिने
काठमाडौं – जुनसुकै ब्रान्डका पुराना गाडीसँग एमजी जेडएस ईभी साट्न सकिने...
वायु प्रदुषण बढेसँगै इण्डानेशियाली सरकारले विद्युतीय सवारीसाधनको प्रयोगमा जोड दिन आह्वान गरेको छ । मंगलबार इण्डोनेशियाका उद्यममन्त्री एरिक थोहिरले देशमा वायु प्रदुषण अत्याधिक बढेको भन्दै नागरिकहरुलाई विद्युतीय सवारी साधनको प्रयोग बढाउन आह्वान गरेका हुन् ।
उनले सरकारले परम्परागत इन्धनबाट सञ्चालन हुने सवारीसाधनलाई बिस्थापित गरी विद्युतीय सवारीसाधनको प्रयोगमा जोड दिइरहेको बताए । कोइला र परम्परागत इन्धनबाट चल्ने सवारीसाधनको प्रयोगका कारण वायु प्रदुषणमा सबैभन्दा ठूलो असर परेको सरकारले बताएको छ ।
इण्डोनेशियाली सरकारले वायु प्रदुषण कम गर्ने एउटै माध्यम भनेको विद्युतीय उर्जा रहेको बताएको छ । इण्डोनेशियाली उद्यममन्त्री एरिक थोहिरले भने, "जकार्तामा हाल वायुप्रदुष्ण उच्च भएको छ । यो द्वीपसमूहह देशमध्येकै सबैभन्दा खराब हो । यसको कारण पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनहरु हुन्, साथै उद्योगधन्दाहरु हुन् । त्यसैले विद्युतीय सामग्रीको प्रयोग बढाउन आह्वन गर्छु । वायु प्रदुषणलाई कम गर्ने एउटै माध्यम भनेको विद्युतीय उर्जाको प्रयोग बढाउनु हो, त्यसैले सरकार परम्परागत इन्धनबाट चल्ने सवारीसाधनलाई बिस्थापित गरी विद्युतीय सवारीसाधनमा जोड दिइरहेको छ ।"
जकार्ता र नजिकका अन्य शहरमा गत हप्ता वायुको गुणस्तर सबैभन्दा नराम्रो रहेको थियो । इण्डोनेशियाका राष्ट्रपति जो विडोलले गत सोमवार आईतवारसम्म राजधानीको वायु गुणस्तर सूचकांक १५६ रहेको बताए । जो वातावरणका लागि स्वस्थकर मानिँदैन ।
काठमाडौं – जुनसुकै ब्रान्डका पुराना गाडीसँग एमजी जेडएस ईभी साट्न सकिने...
काठमाडौं–सीजी मोटर्सले थापाथलीमा आयन र एक्स्पेङ ईभीको एक्स्पेरिएन्स...
काठमाडौं – नेपालका लागि निसानको आधिकारिक विक्रेता पायोनियर माटोकर्प...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...