‘जेकाे-जे६’काे अफरोड ट्रयाकमा सफल परीक्षण

नेपालकै पहिलो इलेक्ट्रिक अफरोड एसयूभी ‘जेकाे-जे६’ले अफरोड ट्रयाकमा सफल परीक्षण गरेको छ ।

शनिबार धुलिखेलको डर्ट टेम्पलमा ‘अफरोड ट्रेल एड्भेन्चर’ नाम दिएर परीक्षण गरेको ओमोडा–जेकोको आधिकारीक बिक्रेता एसपीजी अटोमोवाइलले सफल परिक्षण गरेको हाे । नेपालमा बढ्दो इलेक्ट्रिक भेइकल ट्रेन्डमा माटो सुहाउँदो ‘जेकाे-जे६’ को सफल परीक्षणपछि अधिकांश चालकले इलेक्ट्रिक गाडीमा अलग्गै अनुभव गर्न पाएको प्रतिक्रिया दिएका थिए ।

अहिलेसम्म नेपाली बजारमा रहेका इलेक्ट्रिक क्रसओभरहरु लिएर पहाडी कच्ची बाटोमा यात्रा गर्न कमैले आँट गरेका थिए । तर, अफरोडको लागि उपयुक्त बनेर आएको एसयूभी सेग्मेन्टको ‘जेकाे-जे६’को सफल परिक्षणपछि जो कोहीलाई जे–६ लिएर हिँड्न आँट आएको छ।

अफरोडमा जे–६ लिएर हिँड्न आँट आउँनुको अर्को मुख्य कारण यसको बडी एङगल पनि हो । यसको अप्रोच एङ्गल २६ डिग्री र डिपार्चर एङ्गल २९ डिग्री छ । साथमा रहेको २०० एमएम अग्लो ग्राउन्ड क्लियरेन्सले यसलाई ट्रयु अफरोडर बनाएको छ ।

चेरीको सहायक ब्राण्ड ओमोडा–जेकोले उत्पादन गरेको ‘जेकाे-जे६’ चेरीकै आई कार हो । अगाडि लोगोदेखि सबै लाइट आई अक्षरमा डिजाइन गरिएको ‘जेकाे-जे६’ मा मस्कुलर बम्पर, १८ इन्चको स्मार्ट अलोय ह्वील, वेलकम लाइट, मस्कुलिङ ह्वील आर्क र दुई हेडलाइटको बीचमा दिइएको ब्ल्याक फिनिस प्यार्टनले यो अफरोड भेइकललाई मोन्स्टर बनाएको छ ।

ईभीमा सबैभन्दा महत्वपूर्ण कुरा भनेको मोटर र ब्याट्री हुन्छ । यसको मोटर १३५ किलोवाट पीक पावरको छ । यसमा ब्याट्री भने सीएटीएलले उत्पादन गरेको ६५.६९ किलोवाट आवरको लिथियम आइरन फस्फेट दिइएको छ । यसको डब्लूएलटीपी रेन्ज ४०० किलोमिटर हो ।

कम्पनीका अनुसार ६.६ किलोवाटको एसी र ८० किलोवाटको डिसी फास्ट चार्जर सपोर्ट गर्ने जे–६मा एडास फिचर भित्र १६ उत्कृष्ट सेफ्टी फिचर रहेको छ । यसको अगाडि भ्यान्टीलेटेड डिस्क र पछाडि डिस्क ब्रेक दिइएको छ ।

शनिबार सम्पन्न कार्यक्रममा झण्डै ४० जना भन्दाबढी विभिन्न क्षेत्रका मानिसले अफरोड ट्रयाकमा जेको जे–६ चलाएका थिए । समग्र कार्यक्रममा डेढ सयभन्दा बढी मानिसहरुको सहभागिता रहेको थियो । कार्यक्रममा म्यूजिक, विभिन्न किसिमका मनोरञ्जनात्मक खेलकुद कार्यक्रम पनि भएको थियो ।

सम्बन्धित समाचारहरू

हुवावेसँग साझेदारीसँगै सेरेसको नाफामा वृद्धि

हुवावेसँग साझेदारीसँगै सेरेसको नाफामा वृद्धि

चाइनिज ईभी निर्माता कम्पनी सेरेसले टेक्नोलोजी जायन्ट हुवावेसँग साझेदारी...

अन्तर्राष्ट्रिय स्तरको लेभ्निङ इलेक्ट्रिक स्कुटर किन्दा स्क्र्याचमा १ लाख सम्म छुट

अन्तर्राष्ट्रिय स्तरको लेभ्निङ इलेक्ट्रिक स्कुटर किन्दा स्क्र्याचमा १ लाख सम्म छुट

काठमाडौं – बज्र ग्रुप अन्तर्गतको अटोमोबाइल डिभिजन ईभी नेपाल मोटर्स...

विश्व ईभी बजारमा चीन एक्लैको हिस्सा ६१ प्रतिशत

विश्व ईभी बजारमा चीन एक्लैको हिस्सा ६१ प्रतिशत

चीनमा पछिल्लो समय इलेक्ट्रिक भेइकलको बिक्रीले एकपछि अर्को नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...