बीवाईडीमा जागिर खान हंगेरीका पूर्व विदेश मन्त्रीले सांसद पदबाट दिए राजिनामा

काठमाडौँ — हंगेरीका पूर्व विदेश तथा व्यापार मन्त्री पिटर सिज्जार्तो चिनियाँ ईभी निर्माता कम्पनी बीवाईडीमा आबद्ध भएका छन् । यसका लागि उनले आफ्नो संसदीय पदबाट राजिनामा दिएका छन् ।

सिज्जार्तोले १५ जुलाई २०२६ मा सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले चिनियाँ अटोमोबाइल जायन्टमा बाह्य सम्बन्ध र नयाँ व्यावसायिक क्षेत्र विस्तारको जिम्मेवारी सम्हाल्ने गरी अन्तर्राष्ट्रिय कार्यकारी भूमिका स्वीकार गरेको जानकारी दिएका हुन् ।

४७ वर्षीय सिज्जार्तो सन् २००२ देखि हंगेरीको राष्ट्रिय सभाका सदस्य रहँदै आएका थिए । उनले सन् २०१४ देखि २०२६ को मे महिनासम्म हंगेरीको विदेश मन्त्रीको रूपमा महत्त्वपूर्ण जिम्मेवारी सम्हालेका थिए ।

आफ्नो नयाँ यात्राबारे उल्लेख गर्दै उनले लेखेका छन्, ‘बीवाईडी विगत २० वर्षमा अटोमोटिभ उद्योगमा सबैभन्दा सफल कम्पनीहरूमध्ये एक र एनईभी उत्पादनमा विश्वव्यापी अग्रणी कम्पनी हो । आजदेखि, म समूहको बाह्य सम्बन्ध र नयाँ व्यावसायिक क्षेत्रहरूको विस्तारको जिम्मेवारी सम्हाल्ने कार्यकारीका रूपमा काम गर्नेछु ।’

यो नियुक्तिलाई हंगेरी र चीनबीच बढ्दो आर्थिक तथा रणनीतिक साझेदारीको रूपमा हेरिएको छ । विशेषगरी हंगेरी युरोपमै चीनको प्रमुख साझेदार बनेको छ ।

पछिल्ला वर्षहरूमा हंगेरी चिनियाँ विद्युतीय सवारी साधन र ब्याट्री उत्पादन गर्ने कम्पनीहरूका लागि युरोपेली हब बनिरहेको छ । चिनियाँ ईभी कम्पनी निओले युरोपमा ब्याट्री स्वाप स्टेशनहरूको उत्पादन र अनुसन्धान केन्द्र स्थापना गरेको छ । साथै, ब्याट्री निर्माता सीएटीएल, ईभीई इनर्जी र सनओडाले पनि हंगेरीमा आफ्ना ठूला ब्याट्री प्लान्ट निर्माण गरिरहेका छन् ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...