१६ सेफ्टी फिचरसहित कियाको साइरोस ईभी लन्च

किया इन्डियाले दोस्रो मास मार्केट इलेक्ट्रिक कार किया साइरोस ईभी भारतीय बजारमा लन्च गरेको छ। कम्पनीले यसका लागि २५ हजार भारतीय रुपैयाँमा प्रि–बुकिङ खुला गरेको छ। नयाँ साइरोस ईभीले फुल चार्जमा अधिकतम ५२६ किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ।

किया साइरोस ईभी दुईवटा ब्याट्री विकल्पमा उपलब्ध हुनेछ। पहिलो ५१.४ किलोवाट आवर क्षमताको ब्याट्री प्याक, जसले फुल चार्जमा ५६२ किलोमिटरको रेन्ज प्रदान गर्छ। दोस्रो ४२ किलोवाट आवर क्षमताको ब्याट्री, जसले फुल चार्जमा ४४३ किलोमिटरसम्म रेन्ज प्रदान गर्छ। कम्पनीका अनुसार १०० किलोवाट क्षमताको डीसी फास्ट चार्जर प्रयोग गर्दा ब्याट्री १० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज हुन केवल ३९ मिनेट लाग्छ।

यसमा एड्भान्स निकल म्यागजीन कोबाल्ट ब्याट्री प्रयोग गरिएको छ, जसले १७१ पीएस पावर उत्पादन गर्छ। ५१.४ किलोवाट आवर ब्याट्री प्याक भएको भेरिएन्टले ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति केवल ८.१ सेकेन्डमा हासिल गर्न सक्छ। यसमा आईपी६७ सर्टिफाइड लिक्विड कुल्ड ब्याट्री र थर्मल म्यानेजमेन्ट सिस्टम पनि समावेश गरिएको छ ।

नयाँ किया साइरोस ईभीमा अटो मोड र आई प्याडल सिस्टमसहितको रिजनरेटिभ ब्रेकिङ, प्याडल सिफ्टर, भेहिकल टु लोड सुविधा, ब्याट्री हिटिङ सिस्टम, डिजिटल की, भर्च्युअल इन्जिन साउन्ड सिस्टम र सिफ्ट बाइ वायर प्रविधि समावेश गरिएको छ। यसको फ्रन्टमा आइस क्युब एमएफआर एलईडी हेडल्याम्प, स्टार म्याप एलईडी डेटाइम रनिङ ल्याम्प, एलईडी फग ल्याम्प र टर्न इन्डिकेटरले यसलाई आकर्षक बनाएको छ ।

गाडीको इन्टेरियरमा पहिलो पटक ३० इन्च ट्रिनिटी प्यानोरामिक डिस्प्ले प्यानल उपलब्ध गराइएको छ। यसमा १२.३ इन्चको एचडी डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, १२.३ इन्चको एचडी टचस्क्रिन इन्फोटेनमेन्ट तथा नेभिगेसन सिस्टम र ५ इन्चको क्लाइमेट कन्ट्रोल इन्टरफेस समावेश छ। साथै ९५ भन्दा बढी सुविधासहितको किया कनेक्ट २.०, ओभर द एयर सफ्टवेयर अपडेट, वायरलेस एन्ड्रोइड अटो, वायरलेस एप्पल कारप्ले, हरमन कार्डनको ८ स्पिकर प्रिमियम साउन्ड सिस्टम र वायरलेस स्मार्टफोन चार्जर पनि उपलब्ध गराइएको छ।

सेफ्टीका लागि यसमा फ्रन्ट कोलिजन अवायडेन्स, स्मार्ट क्रुज कन्ट्रोल, लेन किपिङ असिस्ट, लेन फलोइङ असिस्ट, ड्राइभर अटेन्शन वार्निङ, अटो हाई बिम असिस्ट र लिडिङ भेहिकल डिपार्चर लगायत १६ वटा फिचर समावेश गरिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...