१६ सेफ्टी फिचरसहित कियाको साइरोस ईभी लन्च
किया इन्डियाले दोस्रो मास मार्केट इलेक्ट्रिक कार किया साइरोस ईभी भारतीय...
काठमाडौं–नेपालमा बजाजका दुई नयाँ चेतक इलेक्ट्रिक स्कुटर भित्रिने संकेत देखिएको छ । यसले इलेक्ट्रिक स्कुटर प्रेमीहरूका लागि थप उत्साहित हुने अवसर मिल्ने भएको छ ।
नेपालमा आउन लागेको चेतक सी२५०१ तुलनात्मक रूपमा सस्तो र किफायती संस्करण हुने अपेक्षा गरिएको छ । यसमा २.५ किलोवाट आवरको ब्याट्री जडान गरिएको हुनेछ, जसले ११३ किलोमिटरको आईडिसी रेन्ज प्रदान गर्ने दाबी गरिएको छ । सो स्कुटरले टप स्पिड ६० किलोमिटर प्रतिघण्टा हुनेछ भने यसको ब्याट्री फुल चार्ज हुन ४ घण्टाको समय लाग्नेछ ।
बजाजको अर्को स्कुटर चेतक सी३५०३ प्रिमियम मोडलका रूपमा नेपालमा भित्र्याउनेछ । यसमा ३.५ किलोवाट आवर क्षमताको ब्याट्री जडान गरिएको छ, जसले १५३ किलोमिटरसम्मको आईडिसी रेन्ज दिनेछ । साथै, यसमा डिजिटल डिस्प्ले र थुप्रै स्मार्ट फिचरहरू समावेश हुनेछ ।
यद्यपि बजाज नेपालले यी स्कुटरको लन्च बारे हालसम्म कुनै आधिकारिक घोषणा गरेको छैन । तर नेपाली बजारका लागि यसको मूल्य र सार्वजनिक हुने समयसहितका थप विवरणहरू छिट्टै बाहिर आउने अपेक्षा गरिएको छ । २०२६ अगस्टमा आयोजना हुने नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा बजाजका नयाँ स्कुटर सार्वजनिक हुन सक्ने अनुमान गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...