शंकर शर्मा भन्छन् – कम मूल्यमै गुणस्तरीय इलेक्ट्रिक स्कुटर पनि नेपाली बजारमा उपलब्ध छन्

विगत दुई दशक देखि नेपाली अटोमोबाइल क्षेत्रमा क्रियाशिल व्यक्तित्व हुन् शंकर शर्मा ।
राजधानी भन्दा बाहिर नेपालगन्जबाट आफ्नो करियर शुरु गरेका शर्माले ट्याक्टर, कार तथा मोटरसाइकल जस्ता सवारीसाधनको बिक्री–वितरणमा थुप्रै अनुभव लिइसकेका छन् ।

विगत दुई वर्षदेखि राजधानी काठमाडौंमै केन्द्रित भएर विद्युतीय स्कुटरको व्यवसायमा व्यस्त शर्मा अहिले लुयान ब्रान्डको विद्युतीय स्कुटरको आधिकारिक वितरक जिरो इमिसन राइड (एन) को सेल्स एन्ड मार्केटिङ हेडको रुपमा कार्यरत छन् ।

विश्व बजार जस्तै नेपाल पनि पछिल्ला दिनहरुमा विद्युतीय सवारीसाधनप्रति आकर्षित भएको देखेका शर्माले अबको भविष्य विद्युतीय सवारीसाधनकै हुने बताउँछन् ।

विश्व वातावरण अनुकूल हुँदाहुँदै पनि नेपालको अर्थव्यवस्थाको आधारमा पनि विद्युतीय सवारीसाधनको प्रयोग हाम्रो लागि निकै फाइदाजनक भएको शर्माको धारणा छ ।

पेट्रोलियम पदार्थको प्रयोगले दैनिक करोडौं रकम विदेशिएको औंल्याउँदै शर्माले राज्यको रकमको वचत त हुन्छ नै, प्रयोगकर्ताको आफ्नै रकम पनि धेरै नै वचत हुने हुँदा अबको उत्कृष्ट विकल्प भनेको विद्युतीय सवारीसाधन नै भएको बताउँछन् ।

चारपांग्रे सवारीसाधनमा अहिले धेरै जनाले विद्युतीय कार नै किनिरहेको औंल्याउँदै दुईपांग्रे सवारीसाधनमा भने विस्तारै मात्र आकर्षित भएको शर्माले बताए ।

हिजोका दिनमा केही व्यवसायीहरुले कमसल खालका विद्युतीय स्कुटर ल्याएको हुनाले पनि प्रयोगकर्ताहरुलाई अन्यौल भएको उनको धारणा छ ।

तर हालका दिनमा विश्वका प्रख्यात कम्पनी तथा ब्रान्डहरुका विद्युतीय स्कुटर तथा मोटरसाइकल नेपालमा उपलब्ध भएकाले प्रयोगकर्ताहरु विस्तारै बढिरहेको उनको भनाइ छ ।

तर पनि ग्राहकले विद्युतीय सवारीसाधन खरिद गर्दा केही महत्वपुर्ण कुराहरुमा भने ध्यान दिनुपर्ने शर्माको भनाइ छ । उनका अनुसार कुनै पनि ब्रान्ड वा कम्पनी कति वर्ष पुरानो हो, नेपालमा यसको व्यवसाय कहिले देखि र कसरी भइरहेको छ भन्ने कुरा महत्वपुर्ण हुने उनी बताउँछन् ।

ब्रान्डको इतिहास, नेपालमा यसको अवस्था, यसको गुणस्तर लगायतको कुरामा ध्यान दिने हो भने अहिले नेपाली बजारमा सुपथ मूल्यमा राम्रो विद्युतीय सवारीसाधन पाउन सकिने शर्माको धारणा छ ।

कतिपय कम्पनीहरुले राम्रै भनिएको ब्रान्डको बिक्री–वितरण गरे तापनि आफ्नै डेडिकेटेड सर्भिस सेन्टर नै नराखेको पनि देखिन्छ । त्यसरी व्यवसाय गर्दा उपभोक्ताहरुले दुःख पाएको उनको भनाइ छ ।

अन्य व्यवसाय भन्दा केही कुराहरुमा सवारीसाधनको व्यवसाय फरक भएको उनी बताउँछन् । अन्य धेरै वस्तुहरु खरिदबिक्री भएपछि ग्राहक र व्यापारी बीचको सम्बन्धमा निरन्तरता नभए पनि हुन्छ । तर सवारीसाधनको खरिदबिक्री भएपछि ग्राहक र व्यापारीको सम्बन्ध शुरु हुने उनको तर्क छ ।

उनका अनुसार जहिलेसम्म त्यो सवारीसाधन ग्राहकसँग हुन्छ, त्यतिबेला सम्म व्यापारीले त्यसको आवश्यक स्पेयर पार्ट्स तथा मर्मत सम्भारको जिम्मा लिनुपर्ने हुन्छ ।

अन्य व्यवसाय गर्ने व्यवसायीहरु चीन घुम्न जाँदा केही नाफा देखेर नेपालमा कमसल खालका विद्युतीय स्कुटरहरु ल्याएर बेचेको हुँदा बजारमा विद्युतीय स्कुटर सम्बन्धी केही गलत कुराहरु पनि चलेको उनको भनाइ छ । त्यसका लागि पनि सरकारले केही कडा मापदण्डको व्यवस्था गर्नुपर्ने उनको तर्क छ ।

अहिले विद्युतीय स्कुटर तथा बाइकमा ‘ओभर प्राइस’ को चलन भएको उनको भनाइ छ । पेट्रोल भेरिएन्टको सवारीसाधन चलाउन बानी परेको प्रयोगकर्तालाई विद्युतीय सवारीसाधनमा आकर्षित गर्न कम प्राइस राख्नुपर्नेमा तुलनात्मक रुपमा बढी प्राइस राख्ने चलनले पनि यसप्रतिको आकर्षण कम भएको उनको तर्क छ । बढी मूल्य राख्ने र ग्राहकलाई बढी डिस्काउन्ट तथा स्किमको लोभ देखाएर व्यवसाय गर्ने चलन उपयुक्त नभएको शर्माको धारणा छ ।

पेट्रोलको खर्च वचत होला भनेर विद्युतीय सवारीसाधन खरिद गर्न आउने ग्राहकलाई सामान्य भन्दा बढी प्राइस राख्दा वचतको औचित्य नै देखिदैन । बजारमा सुपथ मुल्यका गुणस्तरीय विद्युतीय सवारीसाधन भए तापनि कम मुल्यलाई कमसल नै पो हो कि भन्ने आशंका पनि ग्राहकमा नभएको होइन । तर कतिपय गुणस्तरीय सवारीसाधन भएर पनि मूल्य कम भएका विद्युतीय स्कुटर बजारमा पाइन्छन् ।

त्यसैले माथि भनिए जस्तो ब्रान्डको इतिहास, नेपालमा यसको अवस्था, यसको गुणस्तर लगायतको कुरामा ध्यान दिने हो भने अहिले नेपाली बजारमा सुपथ मूल्यमा राम्रो विद्युतीय सवारीसाधन पाउन सकिने शर्माको धारणा छ ।

सेल्स हेड शर्माका अनुसार उनले लुयान ब्रान्डको विद्युतीय स्कुटर विश्वविख्यात र गुणस्तरीय भएकाले विगत ५ वर्ष देखि अनवरत रुपमा व्यवसाय गर्न सफल भएका छन् । गुणस्तरीय स्कुटर र बिक्री पछिको उत्कृष्ट सेवाको कारण लुयानका स्कुटरहरु ग्राहकको पहिलो रोजाई भएको उनको ठम्याई छ ।

प्राविधिक रुपमा पनि नेपालमा एकमात्र लिक्विड कुल्ड हब मोटर भएको स्कुटर लुयान हो । त्यसैले यसको तान्ने क्षमता अन्य सामान्य हब मोटर भएको स्कुटरको भन्दा बढी हुने र यसको आयु पनि बढी नै हुने गर्दछ ।

विश्वविख्यात भैकन पनि तुलनात्मक रुपमा नेपाली बजारमा भएका अन्य विद्युतीय स्कुटरको दाँजोमा कम मुल्य हुनुपनि लुयानप्रति ग्राहकको आकर्षण भएको उनी बताउँछन् । लुयानको काठमाडौं उपत्यका भित्र मात्र हालसम्म ७ ठाउँमा सर्भिस सेन्टर रहेको बताउँदै हरेक सर्भिस सेन्टरमा चार्जिङ प्वाइन्ट पनि रहेको शर्माले जानकारी दिए ।

आगामी दिनमा नेपाली ब्रान्डको विद्युतीय स्कुटर बजारमा उतार्ने योजना रहेको जानकारी दिँदै शर्माले त्यसको लागि ट्रेडमार्क दर्ता लगायतको काम पुरा भैसकेको बताए ।

सम्बन्धित समाचारहरू

२०२५ मा विश्वभर ईभीको बिक्री ३० प्रतिशतले वृद्धि हुने, नेपालमा के होला ?

२०२५ मा विश्वभर ईभीको बिक्री ३० प्रतिशतले वृद्धि हुने, नेपालमा के होला ?

एक नयाँ अध्ययन अनुसार, विद्युतीय सवारीको बिक्री यो वर्ष ३० प्रतिशतले...

औपचारिक लन्च पहिले नै कियाको नयाँ इलेक्ट्रिक कार ईभी५ प्रदर्शन

औपचारिक लन्च पहिले नै कियाको नयाँ इलेक्ट्रिक कार ईभी५ प्रदर्शन

काठमाडौं – कियाको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ...

बाउन्स इन्फिनिटी ई१ इलेक्ट्रिक स्कुटरको परीक्षण चल्दै, छिट्टै नेपाली बजारमा उपलब्ध हुने

बाउन्स इन्फिनिटी ई१ इलेक्ट्रिक स्कुटरको परीक्षण चल्दै, छिट्टै नेपाली बजारमा उपलब्ध हुने

मोडर्न टचका साथ रेट्रो लुकमा उपलब्ध बाउन्स इन्फिनिटीको इलेक्ट्रिक स्कुटर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...