विश्व ईभी बजारमा चीन एक्लैको हिस्सा ६१ प्रतिशत

चीनमा पछिल्लो समय इलेक्ट्रिक भेइकलको बिक्रीले एकपछि अर्को नयाँ किर्तिमानी रेकर्ड कायम गरिरहेको छ । सन् २०२३ को जनवरीदेखी जुन महिनासम्म विश्व बजारमा बिक्री भएको कुल ईभीमध्य ६१ प्रतिशत हाराहारी इभी चीनमा बिक्री भएको तथ्यांक वाहिर आएको छ ।

चाइना प्यासेन्जर कार एसोसिएसनले सार्वजनिक गरेको तथ्यांक अनुुसार ६ महिनाको सो अवधीमा विश्वभर ७२ लाख २० हजार ईभी बिक्री भएको छ । जसको ६१ प्रतिशत हिस्सा चीनमा मात्र बिक्री भएको हो ।

उक्त बिक्री परिणाम अघिल्लो वर्षको सोही अवधीको तुलनामा ४५ प्रतिशतले वढी भएको एसोसिएसनले जनाएको छ । जुन महिनामा मात्र चीनमा १२ लाख ८० हजार ईभी बिक्री भएको थियो । ईभीसंगै चीनमा प्लग–इन–हाइब्रिड कारको मागमा समेत उच्च दरले बृद्धि भइरहेको छ ।

६ महिनाको सो अवधीमा सवैभन्दा वढी टेस्लाले २४ प्रतिशत इभी उत्पादन गरेको छ भने उसलाई पछ्याउँदै बीवाईडीले १५ प्रतिशत र एसएआईले ८ प्रतिशत इभी उत्पादन गरेको छ । यसैगरी अन्य दुई ठूला इभी उत्पादकमा फक्सवागन र गीली–भोल्भो सामेल छन् । यी ब्रान्डले ७ र ६ प्रतिशत इभी उत्पादन गरेका हुन् ।

सम्बन्धित समाचारहरू

नाडा अटो शो अफर : रिडारा आरडी६ पिकअप अब ९ लाख ९९ हजार डाउन पेमेन्टमा

नाडा अटो शो अफर : रिडारा आरडी६ पिकअप अब ९ लाख ९९ हजार डाउन पेमेन्टमा

काठमाडौं – रिडारा नेपालले आफ्नो फ्ल्यागसिप ईभी रिडारा आरडी६ पिकअपलाई नाडा...

एनआईयूले नेपालमा ल्यायो नयाँ मोडलको इलेक्ट्रिक स्कुटर, खुल्यो प्रि–बुकिङ

एनआईयूले नेपालमा ल्यायो नयाँ मोडलको इलेक्ट्रिक स्कुटर, खुल्यो प्रि–बुकिङ

काठमाडौं – नेपाली बजारमा एनआईयूका इलेक्ट्रिक स्कुटर उपलब्ध गराइरहेको इको...

यस्तो हुनेछ स्कोडाको सबैभन्दा सानो र सस्तो कार एपिक, सार्वजनिक भयो कन्सेप्ट मोडल

यस्तो हुनेछ स्कोडाको सबैभन्दा सानो र सस्तो कार एपिक, सार्वजनिक भयो कन्सेप्ट मोडल

स्कोडा अटोले इन्ट्री लेभल इलेक्ट्रिक कार एपिकको कन्सेप्ट मोडल ल्याएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...