नियूले लन्च गर्यो २ नयाँ इलेक्ट्रिक स्कुटर, मूल्य २ लाख ५५ हजार र ४लाख ३५ हजार
नियूको २ नयाँ इलेक्ट्रिक स्कुटर अनलाईन प्लेटफर्म दराजमार्फत लन्च गरिएको छ...
वर्ष २०७९ मा गाडीको बिक्री ठप्पजस्तै हुनुमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने अटोलोनमा गरिएको कडाई प्रमुख कारण बन्यो । वर्षको सुरुवाती समय सम्ममा पनि विद्युतीय गाडीको एलसीमा प्रतिबन्ध लागेका कारण बजारमा यस प्रकारका गाडीको अभाव नै सिर्जना भएको थियो । पछि सरकारले विद्युतीय गाडीको एलसी खुला गरेपछि भने नयाँ ईभी आउन थाले । नयाँ ईभी आएसँगै बैंकहरुले पनि यस्ता गाडीमा अटोलोन दिन थाले ।
राज्यको समेत प्राथमिकतामा परेको र बैंक तथा वित्तीय संस्थाले पनि सहजै कर्जा दिन थालेपछि इलेक्ट्रिक कारको बिक्रीमा वृद्धि हुँदै गयो । यो वर्ष नेपालमा ३ हजार हाराहारी इलेक्ट्रिक गाडी बिक्री भएको अनुमान गरिएको छ । कम्वसन इन्जिन जडित गाडीमा बैंक तथा वित्तीय संस्थाहरुले अटो लोनलाई ठप्प जस्तै पारेको सन्दर्भमा इलेक्ट्रिक कारमा भने ८० प्रतिशतसम्मको लोन सहजै उपलब्ध हुन थालेपछि ईभीको बिक्री वढेको हो ।
ईभीको माग वढेसँगै बैंकहरुले पनि प्रतिस्पर्धी ब्याजदरमा लोन दिन प्रतिस्पर्धा नै गरे । जसअनुसार ईभीमा सरल फाइनान्स सुविधा दिन आधिकारिक विक्रेता कम्पनीले विभिन्न बैंकसँगको सम्झौतालाई तीव्र वनाउँदै लगे ।
टाटा गाडीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नेक्सन, टिगोर र एक्सप्रेस–टी ईभीमा सरल फाइनान्स सुविधा दिन प्रभु, एनएमबी, एभरेष्ट, नबिल, कामना विकास र कुमारी बैंकसँग सम्झौता गरेको थियो । जसअनुसार एभरेष्टबाट लोन लिदा १२.८ प्रतिशत र नबिलमा १२.९९ प्रतिशत ब्याज लाग्छ । सिप्रदीले नबिल बैंकसँग गरेको सम्झौता अनुसार एक्सप्रेस–टीमा १४.१० प्रतिशत ब्याज लाग्दै आएको छ ।
हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो इलेक्ट्रिक कार आयोनिक ५ र कोना ईभीमा कर्जा प्रवाहका लागि नबिल र ग्लोवल आईएमई लगायत बैंकसँग सम्झौता ग-यो । जसमध्ये नबिलबाट लोन लिदा ग्राहकले १२.९९ प्रतिशत ब्याज तिर्नुपर्ने हुन्छ ।
एट्टो३ र अल न्यु ई६ ईभी बिक्री गर्दै आएको बीवाईडी विक्रेता साइमेक्स इंकले सहज फाइनान्सिङका लागि एभरेष्ट र कुमारी बैंकसँग सम्झौता ग-यो । नेटा भी र केवाईसी इलेक्ट्रिक भ्यानलाई विक्री गर्दै आएको सीजी मोटर्सले ८० प्रतिशतसम्म फाइनान्स सुविधा उपलब्ध गराउने गरी प्रभु बैंकसँग सम्झौता गरेको छ ।
यसैगरी निसान गाडीको आधिकारिक विक्रेता पायोनियर मोटोकर्पले लिफ ईभीमा फाइनान्स सुविधा उपलब्ध गराउन एभरेष्ट र नबिल बैंकसँग सम्झौता ग-यो । सो सम्झौता अुनसार नबिल बैंकले बेस रेटमा ३.५० प्रतिशत बढी ब्याजदर लिएर ८० प्रतिशतसम्म कर्जा दिँदै आएको छ । नबिल बैंकको आधार दर १०.१० प्रतिशत रहेको छ । एभरेष्ट बैंकले भने आफ्नो आधार दर ९.८६ प्रतिशतमा ३.५० प्रतिशत थपेर कर्जा दिएको छ ।
नियूको २ नयाँ इलेक्ट्रिक स्कुटर अनलाईन प्लेटफर्म दराजमार्फत लन्च गरिएको छ...
काठमाडौं – नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले नेपाली...
काठमाडौं – वाग्मती प्रदेश सरकारले सार्वजनिक यात्रुवाहक ट्याक्सी सेवाको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...