ईभी अन्तर्राष्ट्रिय प्रदर्शनी शुक्रबारदेखि

काठमाडौँ - नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायनसेस तथा नेपाल ईभी अन्तर्राष्ट्रिय प्रदर्शनी शुक्रबारदेखि हुने भएको छ ।

मिडिया स्पेस सोलुसनस, फ्युचरेक्स ट्रेड फेर एण्ड इवेंट्स, एक्जीबीसन एण्ड ट्रेड सर्विसेस इन्डिया प्रालि तथा इलेक्ट्रिक भेइकल म्यानुफ्याकचरर एण्ड इम्पोर्टरस एशोसिएशन अफ नेपाल को सयुक्त आयोजनामा सो प्रदर्शनी हुन लागेको हो ।

यही भदौ १५ देखि १७ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा हुन लागेको प्रदर्शनीको उद्देश्य मुलुकमा बढ्दो उत्पादित जलविद्युत्को विभिन्न विद्युतीय माध्यमबाट उपभोग बढाइ देशलाई आर्थिक रुपमा सवलिकरण गर्ने रहेको आयोजकले जनाएको छ । उक्त प्रर्दशनीमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढी कम्पनीको प्रदर्शनी कक्ष रहने छन् ।

विद्युतीय सवारीलाई प्रवद्र्धन तथा प्रोत्साहन गर्ने, विद्युत् तथा गुणस्तरीय विद्युतीय सामग्रीको व्यवसाय विकास एवं यस क्षेत्रसँग आवद्ध आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवद्र्धका लागि प्रदर्शनी आयोजना गर्न लागिएको आयोजकले जनाएका छन् ।

यस प्रदर्शनीमा विद्युतीय कार, विद्युतीय स्कुटर, मोटरसाइकल, विद्युतीय साइकल तथा रिक्सा, चार्जिङ स्टेशन, ब्याट्री, ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रणयन्त्र, हाउस वायरिङ सामग्री, वायर, केबुल एवं कण्डक्टर, अत्याधुनिक प्रकारका स्वीच, एलिडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहलगायत विद्युतीय सामग्रीका कम्पनीको सहभागिता रहनेछ ।

राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रविधि तथा विद्युतीय एवं वैकल्पिक ऊर्जा उद्यमीलाई एकै स्थानमा जमघट गराई व्यावसायिक प्रबद्र्धन गरिने आयोजकको दाबी छ । साथै यी उद्योगमा भएका नविनतम उपलब्धिबारे सूचना आदानप्रदान गर्ने तथा उपभोक्ता वर्गमा ऊर्जाको व्यवस्थित खपतको महत्वबारे जानकारी अद्यावधिक गराउन सहयोग पु¥याउने लक्ष्य यस संस्करणको रहेको आयोजकले छ ।

यस प्रर्दशनीमा सहयोगी संस्थाको भूमिकामा वैकल्पिक ऊर्जा प्रवर्दन केन्द्र, नेपाल विद्युत प्राधिकरण तथा युएसआईडी क्लिन एयर÷एफएचाइ तीन सय ६० रहेका छन । साथै ल्यान्यार्ड सहयोगीमा यासुडा तथा ई कमर्स सहयोगीमा दराज रहेको छ ।

सम्बन्धित समाचारहरू

हुन्डाई क्रेटा : नेपाली सडकका लागि उपयुक्त इलेक्ट्रिक एसयूभी

हुन्डाई क्रेटा : नेपाली सडकका लागि उपयुक्त इलेक्ट्रिक एसयूभी

नेपाली ग्राहकको समेत इलेक्ट्रिक सवारीप्रतिको रुचि बढ्दै गएको छ । पछिल्लो...

नाडा अटो शो २०२५ को मुख्य आकर्षण : उड्ने कार

नाडा अटो शो २०२५ को मुख्य आकर्षण : उड्ने कार

काठमाडौं – राजधानीको भृकुटीमण्डपमा प्रारम्भ भएको नाडा अटो शो २०२५ को...

परीक्षणका लागि साझाले ३ वटा विद्युतीय बस ल्याउँदै

परीक्षणका लागि साझाले ३ वटा विद्युतीय बस ल्याउँदै

काठमाडौं- निर्णय भएको तीन वर्षपछि मात्र परीक्षणका लागि सरकारले विद्युतीय...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...