नेपालका लागि हिड्यो लीपमोटर बी१०, छिट्टै डेलिभरी सुरु हुने
काठमाडौं– लीपमोटरको नेपालका लागि आधिकारिक विक्रेता सांग्रिला मोटर्स...
काठमाडौं– चालु आर्थिक वर्षको तीन महिना (साउन, भदौ र असोज)मा २१ सयभन्दा बढी विद्युतीय गाडी (ईभी) नेपाल भित्र्याइएको छ । भन्सार विभागको तथ्यांकानुसार यो अवधिमा दुई हजार १३५ विद्युतीय जीप, कार र भ्यान भित्र्याइएको हो ।
तीन महिनामा सबैभन्दा धेरै ५१ देखि १०० किलोवाट क्षमताका ईभी नेपाल भित्र्याइएको छ । पछिल्ला तीन महिनामा ५० किलोवाटसम्मका ९५४, १०० किलोवाटसम्मका एक हजार १६६, २०० किलोवाटसम्मका १२ र त्यसभन्दा माथिका तीन ईभी भित्र्याइएको हो । पाँच अर्ब १७ करोड ७१ लाख मूल्यबराबरका यी ईभीबाट सरकारले दुई अर्ब २४ करोड २१ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।
भारतबाट एक हजार ७३ र चीनबाट एक हजार ५१ ईभी नेपाल भित्र्याइएको छ । इन्डोनेसियाबाट सात र जर्मनी र दक्षिण कोरियाबाट दुई/दुई गाडी भित्र्याइएको भन्सार विभागले जनाएको छ ।
चालु आर्थिक वर्षको तीन महिनामा नेपाल आएको सो संख्या गत आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनाको तुलनामा तीन गुणा बढी हो । गत वर्षको यसै अवधिमा दुई अर्ब रुपैयाँबराबरका ७०५ ईभी नेपाल भित्र्याइएको थियो । त्यसबाट सरकारले करिब ६२ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।
काठमाडौं– लीपमोटरको नेपालका लागि आधिकारिक विक्रेता सांग्रिला मोटर्स...
विश्वको अग्रणी स्मार्टफोन निर्माता कम्पनी हुवावेले इलेक्ट्रिक कार...
काठमाडौं – नेपाली बजारमा उपलब्ध हुने एमजी एस५ को मूल्य सार्वजनिक भएको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...