ईभी आयातबाट ११ महिनामा १३ अर्ब बढि राजश्व, जेठ महिनामा मात्रै ३ हजार गाडी भित्रिए

काठमाडौं– चालु आर्थिक वर्षको ११ महिनामा सरकारले बिद्युतिय गाडीको आयातबाट १३ अर्ब बढी राजश्व संकलन गरेको छ । यो अवधीमा कुल ११ हजार ४६६ ईभी आयात हुँदा सरकाले १३ अर्ब ६ करोड राजश्व पाएको हो ।

आर्थिक वर्ष २०८१/८२ को बजेट सार्बजनिक भएको महिना गत जेठमा मात्र ३ हजार हाराहारी विद्युतिय गाडी आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । जेठ महिनामा मात्रै ७ अर्ब ९१ करोड रुपैँया बरावरका २ हजार ९६९ यूनिट ईभी आयात हुँदा सरकारले ३ अर्ब ६९ करोड राजश्व पाएको छ । जेठ महिनमा भित्रिएका ईभीले यस अबधिमा आयात भएको कुला हिस्साको २६ प्रतिशत हिस्सा ओगटेको छ ।

यो अवधीमा सबैभन्दा बढी ५१ देखी १०० किलोवाट मोटर क्षमता भएका ईभी ६ हजार ८८५ यूनिट भित्रिएका छन् । यसैगरी, ५१ किलोवाटसम्म मोटर क्षमता भएका ईभीको आयात ४ हजार ३४४ रहेको छ भने १०१ देखी २०० किलोवाट मोटर क्षमतासम्मका ईभी २०९ वटा आयात गरिएको छ ।

त्यस्तै, २०१ देखी ३०० किलोवाटसम्म मोटर क्षमता भएका ईभी २७ वटा र ३०० किलोवाट माथीको जम्मा १ यूनिट जर्मनीबाट आयात भएको छ । यसरी आयत गरिएका ईभीमध्ये ७० प्रतिशत हाराहारी चीनबाट र वाँकी भारत सहित अन्य मुलुकबाट भित्रिएका हुन् ।

सम्बन्धित समाचारहरू

रिम्याक नेभेरा इलेक्ट्रिक हाइपरकारको नाममा एकैपटक बन्यो २३ वटा रेकर्ड

रिम्याक नेभेरा इलेक्ट्रिक हाइपरकारको नाममा एकैपटक बन्यो २३ वटा रेकर्ड

क्रोएसियाली कार कम्पनी रिम्याक अटोमोबिलीको इलेक्ट्रिक हाइपरकार नभेराले...

नेपालकै सबैभन्दा ठूलो ईभी किया ईभी९ नेपालमा, मूल्य १ करोड ८० लाख

नेपालकै सबैभन्दा ठूलो ईभी किया ईभी९ नेपालमा, मूल्य १ करोड ८० लाख

काठमाडौं – कियाको आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले...

फोर्ड इकोस्पोर्ट जस्तै बीवाईडी युआन प्रो इलेक्ट्रिक कार

फोर्ड इकोस्पोर्ट जस्तै बीवाईडी युआन प्रो इलेक्ट्रिक कार

चिनियाँ अटोमोबाइल कम्पनी बीवाईडीले युआन प्रो इलेक्ट्रिक एसयूभी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...