वीरगञ्ज हुँदै १५ हजार २७१ विद्युतीय सवारीसाधन आयात, कुृन कति ?

वीरगञ्ज–चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज हुँदै चार अर्ब दुई करोड रुपैयाँ मूल्यभन्दा बढीका विद्युतीय सवारीसाधन आयात भएका छन् ।

गत आवको १० महिनाको तुलनामा चालु आवमा मूल्यको आधारमा विद्युतीय सवारीसाधनको आयात रु दुई अर्ब ३७ करोड अर्थात् १४३ दशमलव ६० प्रतिशतले वृद्धि भएको छ । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले वीरगञ्ज नाका हुँदै चालु आवमा १५ हजार २७१ वटा विभिन्न थरिका विद्युतीय सवारीसाधनको आयात गरिएको र सोबाट प्राप्त हुने राजस्वमा उल्लेखनीय वृद्धि भएको बताए ।

गत आवको १० महिनामा यो नाका हुँदै एक अर्ब ६५ करोड रुपैयाँ मूल्य पर्ने नौ हजार ४२ वटा विभिन्न विद्युतीय सवारीसाधन आयात गरिएका थिए । त्यसवापत रु ८१ करोड ४७ लाख राजस्व सङ्कलन भएको थियो ।

चालु आवको १० महिनामा एक अर्ब ८७ करोड रुपैयाँ मूल्य पर्ने ५१ किलोवाटदेखि १०० किलोवाटसम्मका ६५७ वटा विद्युतीय कार, जीप र भ्यान आयात भएका छन् । त्यसवापत रु एक अर्ब १९ करोड राजस्व सङ्कलन भएको छ । जबकी गत आवको १० महिनामा भने दुई करोड छ लाख रुपैयाँ मूल्य पर्ने छ वटा ५१ किलोवाटदेखि १०० किलोवाट क्षमताका विद्युतीय जीप, कार र भ्यानको आयात भएको थियो ।

यस्तै, चालु आवको १० महिनामा एक अर्ब १७ करोड रुपैयाँ मूल्य पर्ने आठ हजार ८६७ वटा विद्युतीय मोटरसाइकल तथा स्कुटर आयात हुँदा रु ३८ करोड ५५ लाख राजस्व सङ्कलन भएको छ । गत आवको सोही अवधिमा करोड ९६ लाख रुपैयाँ मूल्य पर्ने चार हजार ८३४ वटा विद्युतीय मोटरसाइकल र स्कुटर आयात भएका थिए । ती सवारीसाधनको आयातबाट मात्रै २० करोड १५ लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

यो नाका हुँदै चालु आवको १० महिनामा ३१ अर्ब ३१ करोड रुपैयाँ मूल्य पर्ने इन्धन र विद्युत्बाट चल्ने सवारीसाधन तथा पार्टपुर्जा भित्रिएका सूचना अधिकारी विष्टले जानकारी दिए ।

गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा मूल्यको आधारमा सवारीसाधन र पार्टपुर्जाको आयात नौ अर्ब ६५ करोड रुपैयाँ अर्थात् ४४ दशमलव ५८ प्रतिशतले बढेको छ । चालु आवको १० महिनामा वीरगञ्ज हुँदै एक अर्ब २५ करोड रुपैयाँ मूल्य पर्ने छ सय २८ वटा जीप, कार र भ्यानको आयात भएको छ । त्यसवापत कार्यालयले तीन अर्ब १७ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । जबकी गत आवको सोही अवधिमा एक अर्ब ८१ करोड रुपैयाँ मूल्य पर्ने आठ सय ५५ वटा जीप, कार र भ्यानको आयात भएका थिए ।

यस्तै, चालु आवको १० महिनामा सात अर्ब ३२ करोड रुपैयाँ मूल्य पर्ने ५१ हजार ४२३ वटा मोटरसाइकल ९अन एसेम्बल्ड० आयात भएका छन् । त्यसवापत सात अर्ब नौ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । गत आवको सोही अवधिमा पाँच अर्ब २१ करोड रुपैयाँ मूल्यका यस्ता मोटरसाइकल आयात भएका थिए । रासस

सम्बन्धित समाचारहरू

ओलाको पहिलो विद्युतीय कार ४ दिनपछि सार्वजनिक हुने

ओलाको पहिलो विद्युतीय कार ४ दिनपछि सार्वजनिक हुने

भारतमा इलेक्ट्रिक स्कुटर उत्पादन गरेर चर्चामा आएको ओलाले आफ्नो पहिलो...

ग्रेटवाल मोटर्सको नयाँ इलेक्ट्रिक कार लन्च हुँदै, चीनमा प्री–सेल सुरु

ग्रेटवाल मोटर्सको नयाँ इलेक्ट्रिक कार लन्च हुँदै, चीनमा प्री–सेल सुरु

काठमाडौं–ग्रेट वाल मोटर (जिडब्लुएम) ले आफ्नो नयाँ इलेक्ट्रिक कार ओरा५ को...

सबैभन्दा बढी रेन्ज दिने इलेक्ट्रिक स्कुटरमा आयो दशैं अफर : नगद छुट, हेल्मेट र एक्सचेन्ज सुविधा

सबैभन्दा बढी रेन्ज दिने इलेक्ट्रिक स्कुटरमा आयो दशैं अफर : नगद छुट, हेल्मेट र एक्सचेन्ज सुविधा

काठमाडौं – चाडपर्वको मौसमलाई मध्यनजर गर्दै ग्यारो डीटी–६० इलेक्ट्रिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...