इलेक्ट्रिक गाडीमा किन हुँदैन स्पेयर टायर ? के भविष्यमा यो समस्या समाधान होला ?
काठमाडौं–इलेक्ट्रिक सवारी साधन (ईभी) को लोकप्रियता तीव्र गतिमा बढिरहेको छ...
काठमाडौँ । गत भदौ १० गते आएको बाढीले रसुवाको रसुवागढी–केरुङ नाका पूर्णरुपमा ध्वस्त बनायो । नाकासम्म जाने भोटेकोशी–त्रिशूली करिडोर सडकखण्ड क्षतविक्षत बनायो । उक्त सडक खण्ड अहिले बगरमा परिणत भएको छ । नेपाल–चीन दुबै तर्फको नाकाका सम्पूर्ण संरचना ध्वस्त बनाएको छ ।
रसुवागढीको नाका देखि भोटेकोशी र त्रिशूली करिडोरका बस्ती र जलविद्युत आयोजना पूर्ण रुपमा बगाएको छ । हजारौं मानिस बेपत्ता बनाएको छ भने हजारौंको मुत्य भइसकेको अवस्था छ ।
बाढीले नेपाल–चीन व्यापारिक सम्बन्धमा ठूलो धक्का पुगेको छ । रसुवागढी नाका हुँदै आयात हुने सम्पूर्ण प्रक्रिया पूर्णरुपमा बन्द भएको अवस्था छ । अब तत्काल पुरानो लयमा फर्किने सम्भावना कम देखिन्छ । अझ विशेषगरी रसुवागढी नाका चीनबाट आयात हुने विद्युतीय सवारी साधनको हब नै मानिएको थियो । तर नाका नै ध्वस्त भएसँगै नेपाली बजारमा विद्युतीय सवारीको आयातमा अवरोध भएको छ ।
अटो व्यवसायीहरुले आयात भएर ल्याएका र भन्सार हुन बाँकी रहेका ८०० भन्दा बढी सवारी साधन समेत बाढीले बगाएको छ । नेपाल–चीन आवागमन र व्यापारको प्रमुख नाका पूर्णरुपमा ठप्प छ ।
बाढीपछि रसुवागढी र तातोपानी दुवै नाकामा आवागमन ठप्प भएपछि चीनमा रोकिएका छन् । सयौँको संख्यामा रहेका सवारीसाधनलाई अहिले वैकल्पिक मार्गबाट नेपाल भित्र्याउन थालिएको छ ।
विद्युतीय सवारी र रसुवाको भावनात्मक सम्बन्ध
नेपालमा विद्युतीय सवारीको क्रान्ति ल्याउन रसुवागढी नाकाले ऐतिहासिक भूमिका निर्वाह गरेको छ । नेपालका लागि बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकका सञ्चालक यमुना श्रेष्ठले रसुवाको यस विपत्तिप्रति गहिरो दुःख व्यक्त गरेकी छिन् । उनले सामाजिक सञ्जालमार्फत रसुवासँगको भावनात्मक सम्बन्ध स्मरण गर्दै भनेकी छिन्,‘ रसुवा हाम्रो लागि केवल एउटा नाका मात्र होइन, हाम्रो यात्रासँग जोडिएको एउटा महत्वपूर्ण अध्याय हो । यही रसुवाबाट हाम्रो यात्रा अघि बढेको थियो र आज यही ठाउँमा यति ठूलो विपत्ति आइपर्दा हामी अत्यन्त दुःखी र चिन्तित छौँ ।’ श्रेष्ठका अनुसार रसुवाको यस संकटमा उनीहरूका आफ्नै गाडीहरू, स्पेयर पाट्र्स र व्यवसायसँग जोडिएका सहकर्मीहरू मात्र होइन । धेरै नेपाली र चिनियाँ नागरिकहरू समेत प्रभावित भएका छन् ।
उनले यसलाई व्यावसायिक क्षति मात्र नभई एक मानवीय संकटका रूपमा लिएकी छिन् । ‘रसुवाले हाम्रो यात्रा सुरु गर्न साथ दिएको थियो, आज रसुवालाई हाम्रो साथ चाहिएको बेला हामी पछाडि हट्ने छैनौँ,’ उनले भनिन् ।
अब सवारी आयातको मुख्य विकल्पका रूपमा कोरला नाका बन्ने अवस्था देखिन्छ । तर भौगोलिक अवस्था र लामो दुरी भएका कारण केही अप्ठ्यारो अवस्था रहेको छ ।
कोरला नाकालाई स्थायी रूपमै व्यवस्थित व्यापारिक नाका बनाउनुपर्ने देखिएको छ । भौतिक पूर्वाधार र सडक सञ्जाललाई अझ सुदृढ बनाउने हो भने रसुवा र तातोपानीको जोखिमपूर्ण भूगोलको उत्तम विकल्प कोरला हुन सक्ने देखिन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...