सोलिड–स्टेट ब्याट्री प्रयोग गरिएका चेरी ईभी अर्को वर्षदेखी परिक्षणमा आउने
काठमाडौं– चिनियाँ अटो निर्माता चेरीले आफ्ना विद्युतीय गाडीहरूमा...
काठमाडौं–चिनियाँ ईभी निर्माता एलआई अटोले प्रमुख ब्याट्री आपूर्तिकर्ता क्याटलसँगको सहकार्यलाई बिस्तारै अन्त्य गर्दै आफ्नै ‘इन–हाउस’ ब्याट्री प्रविधि लागू गर्ने घोषणा गरेको छ ।
सेप्टेम्बर ७ देखि लागू हुने गरी कम्पनीले आफ्ना सम्पूर्ण गाडीहरूमा आफ्नै ब्याट्री प्रविधि प्रयोग गर्ने रणनीति सार्वजनिक गरेको हो । यसअघि एक्सपेङले पनि क्याटलसँगको निर्भरता घटाउने कदम चालेको थियो, र एलआई अटोको यो निर्णयलाई सोही रणनीतिक परिवर्तनको निरन्तरताका रूपमा हेरिएको छ ।
कम्पनीले सन् २०२६ को चौथो त्रैमासिकका लागि नयाँ ब्याट्री कार्यान्वयन योजना समेत अघि सारेको छ । सेप्टेम्बरको मध्यतिर सार्वजनिक हुने फ्ल्यागसिप मोडल एलआई आई९ सुरुमा क्याटलको ब्याट्रीसहित आए पनि उत्पादन क्षमता बढेसँगै आफ्नै ब्याट्रीमा परिणत गरिने जनाइएको छ ।
आफ्नो ब्याट्री उत्पादनलाई निरन्तरता दिन एलआई अटोले सनवोडामा २.६५ अर्ब युआन लगानी गरेको छ । यससँगै एलआई अटो ११.१७ प्रतिशत सेयरसहित सनवोडाको दोस्रो ठूलो सेयरधनी बनेको छ ।
यस साझेदारीअन्तर्गत एलआई अटोले ब्याट्रीको डिजाइन, सामग्री र बीएमएस विकास गर्नेछ भने सनवोडाले सम्झौता बमोजिम ब्याट्री म्यानुफ्याक्चरिङको काम सम्हाल्नेछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...