इलेक्ट्रिक कारमा चिनियाँ ब्रान्डको हिस्सा ६४ प्रतिशत, भारतको ३५ प्रतिशतमा सिमित

काठमाडौं– नेपाली बजारमा पछिल्लो समय चीनबाट आयत हुने ईलेक्ट्रिक कारको हिस्सा वढ्दै गएको छ । चीनबाट नयाँ नयाँ ब्रान्डका ईभी भित्रिन थालेपछि भारतीय ब्रान्डको तुलनमा बजार हिस्सा फराकिलो वन्दै गएको हो ।

चालु आर्थिक वर्षको दुई महिना(साउन र भदौ) मा नेपाल आएका कुल इलेक्ट्रिक कारमा चीनको हिस्सा ६४ प्रतिशत र भारतको ३५.४० प्रतिशत देखिएको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार साउन र भदौ महिनामा कुल ८९८ युनिट ईलेक्ट्रिक कार नेपाल आएका छन् । जसमध्ये चीनबाट ५७५ र भारतबाट ३१८ युनिट आयात भएका हुन् । अन्य देशबाट भने जम्मा ५ युनिट ईभी आयत भएको उक्त तथ्यांकले देखाएको छ ।

यसरी आयात भएका कारको ठूलो हिस्सा ५१ देखी १०० किलोवाटसम्म मोटर जडित सेग्मेन्टको छ । कुल ६३१ युनिट कार आयातसंगै यो सेग्मेन्टले ७० प्रतिशत बढी हिस्सा ओगटेको छ । दोस्रो धेरै आयात हुने सेग्मेन्टमा ५० किलोवाट भन्दा कम क्षमताका कारले २८ प्रतिशत हिस्सा लिएको छ । दुई महिनामा यो सेग्मेन्टको आयात २५५ युनिट भएको उक्त तथ्यांकले देखाएको हो । वाँकी २ प्रतिशतमा १०० किलोवाट माथीको छ ।

नेपालमा हाल भारतबाट टाटाका तीनवटा मोडल नेक्सन, टिगोर र टियागो, सिट्रोन ईसी३ तथा एमजी कमेट आयात हुँदै आएको छ । यी मध्ये कमेट, टिगोर र टियागो ५० किलोवाट भन्दा कम क्षमताका हुन् । यसैगरी चीनबाट बीवाईडी, नेटा, एमजी र सेरेस ब्रान्डका एक दर्जन हाराहारी मोडल आयात भइरहेका छन् । चीनबाट आयात हुने बीवाइडी डल्फिन तथा एट्टो३, एमजी जेडएस तथा एमजी४, नेटा भी, सेरेस–३ जस्ता मोडल १०० किलोवाट भन्दा कम क्षमतामा छन् ।

चालु आर्थिक वर्षको बजेटमा सरकारले १०० किलोवाट माथीको सेग्मेन्टमा भन्सार र अन्तशुल्क घटाएर मूल्य समायोजन गरेपनि बजारमा भने १०० किलोवाट भन्दा कम क्षमताका इलेक्ट्रिक कारको मागमा उच्च बृद्धि देखिएको हो ।

सम्बन्धित समाचारहरू

कोमेट नाममा आउने भयो एमजीको मिनी इभी, यस्तो हुन सक्छ फिचर रेन्ज र पावरट्रेन

कोमेट नाममा आउने भयो एमजीको मिनी इभी, यस्तो हुन सक्छ फिचर रेन्ज र पावरट्रेन

एमजी मोटरले भारतमा उत्पादन गरिरहेको मिनी इभी कोमेट नाममा आउने पक्का भएको छ...

डोङफेङको अफरोड ब्रान्ड एमहिरो सार्वजनिक, लन्च भयो एमहिरो आई

डोङफेङको अफरोड ब्रान्ड एमहिरो सार्वजनिक, लन्च भयो एमहिरो आई

डोङफेङ मोटरले लक्जरी अफरोड ब्रान्डको रुपमा एमहिरो सार्वजनिक गरेको छ ।...

वुलिङ ईभी किन्दा सुनको हार र लेभ्निङ इलेक्ट्रिक स्कुटर किन्दा हिराको औठी उपहार पाइने

वुलिङ ईभी किन्दा सुनको हार र लेभ्निङ इलेक्ट्रिक स्कुटर किन्दा हिराको औठी उपहार पाइने

काठमाडौं – बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्स प्रालिले वुलिङ ईभी र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...