युरोपेली स्टाइलको फक्सवागन टाइगुनमा हुनेछन् यस्ता फिचर : आइतबार सार्वजनिक हुँदै नेपालमा

काठमाडौं – भारतीय बजारमा केही दिन पहिले फक्सवागन टाइगुन कम्प्याक्ट एसयूभी लन्च भएको छ । नेपाली बजारमा पनि यो गाडी लन्च गर्ने भव्य तयारी भइरहेको छ । नेपाली ग्राहकले समेत व्यग्रतापूर्वक प्रतीक्षा गरिरहेको एसयूभी हो टाइगुन ।

पहिले असोज १५ गते सार्वजनिक गर्ने तयारी भएकोमा अब भने असोज १७ गते आइतबार मात्र सार्वजनिक हुने नेपालका लागि फक्सवागनको आधिकारिक वितरक पूजा इन्टरनेसनल स्रोतले बताएको छ । सुनौली नाका हुँदै नेपाल भित्रिने फक्सवागन टाइगुनको ‘टाइगुन टर्बो ड्राइभ ¥याली’ समेत गरिने बताइएको छ ।

टाइगुनको युरोपेली स्टाइलले धेरैलाई लोभ्याइरहेको छ । केही दिनमै १२ हजार युनिट बुकिङ भएर यसले रेकर्ड कायम गरेको छ । टाइगुनको प्रतिस्पर्धा स्कोडा कुशाक, किया सेल्टोस र हुन्डाई क्रेटासँग हुनेछ ।

टाइगुनको चिक स्टाइलिङ, फिचर लोडेड क्याबिन र मल्टिपल गियरबक्स कम्बिनेसनले ग्राहकलाई लोभ्याइरहेको छ । यी वाहेक अन्य धेरै फिचरले समेत फक्सवागन टाइगुनलाई विशेष बनाएको छ ।

डिजिटल ककपिट
टाइगुन एसयूभीमा डिजिटल ककपिट दिइएको छ । यसमा इन्स्ट्रयुमेन्ट कन्सोलका लागि ८ इन्चको डिस्प्ले उपलब्ध छ । इन्स्ट्रयुमेन्ट क्लस्टरमा पुरै डिजिटल इन्टरफेस छ, जसलाई कस्टमाइज गर्न सकिन्छ । अलग अलग प्यारामिटरका लागि युजरले एनालग र डिजिटल छान्न सक्छन् ।

इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल
टाइगुन एसयूभीमा ४० भन्दा धेरै सेफ्टी फिचर उपलब्ध छन् । ती मध्ये सबैभन्दा महत्वपूर्ण इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल हो । टाइगुनको सबै भेरिएन्टमा यो फिचर उपलब्ध छ ।

एन्ड्रोइड अटो र एप्पल कारप्ले
धेरै कम्पनीहरुले सुरुवाती भेरिएन्टमा धेरै इन्फोटेनमेन्ट युनिट दिएको पाइदैन । तर टाइगुनको सुरुवाती भेरिएन्टमै एन्ड्रोइड अटो र एप्पल कारप्ले सपोर्ट उपलब्ध छ । इन्ट्री लेवल टाइगुनमा ७ इन्चको टचस्क्रिन डिस्प्ले छ, जसले यसलाई सपोर्ट गर्छ । माथिल्लो भेरिएन्टमा १०.१ इन्चको स्क्रिन उपलब्ध हुनुका साथै अन्य फिचर समेत उपलब्ध हुन्छ ।

भेन्टिलेटेड फ्रन्ट सिट
मौसम अनुसार गाडी भित्र कहिले गर्मी हुन्छ भने कहिलेकाहि चिसो हुन्छ । यो अवस्थामा भेन्टिलेटेड फ्रन्ट सिटको आवश्यकता पर्छ । किया सोनेट, किया सेल्टोस र हुन्डाई क्रेटामा जस्तै टाइगुनमा पनि यो फिचर उपलब्ध छ ।

फक्सवागन टाइगुन दुई इन्जिन विकल्पमा उपलब्ध भएको छ । पहिलो १.० लिटर टीएसआई टर्बो पेट्रोल इन्जिनले ११३ बीएचपी पावर र १७५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६–स्पिड म्यानुअल र ६–स्पिड अटोमेटिक गियरबक्स उपलब्ध छ । त्यसैगरी अर्को १.५ लिटर टर्बोचार्ज्ड पेट्रोल इन्जिन छ, जसले १४८ बीएचपी पावर र २५० एनएम टर्क जेनेरेट गर्छ । यसमा ६–स्पिड अटोमेटिक र ७–स्पिड डीएसजी अटोमेटिक गियरबक्सको विकल्प उपलब्ध छ ।

नेपालमा यसको मूल्य ५२ लाख देखि ७३ लाख रुपैयाँ सम्म पर्ने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

फक्सवागन र स्कोडा गाडीमा प्रयोग हुने टीएसआई इन्जिन के हो, के छ यसको फाइदा ?

फक्सवागन र स्कोडा गाडीमा प्रयोग हुने टीएसआई इन्जिन के हो, के छ यसको फाइदा ?

नेपाली बजारमा कारोबार हुने दुई युरोपियन ब्रान्ड फक्सवागन र स्कोडा कारमा...

नेपाल आउने तयारीमा रहेका दुई युरोपियन कारले पायो ५ स्टार रेटिङ

नेपाल आउने तयारीमा रहेका दुई युरोपियन कारले पायो ५ स्टार रेटिङ

युरोपियन ब्रान्ड फक्सवागन र स्कोडाले भारतमा निर्माण गरेको दुई नयाँ कारले...

इन्ट्री लेभल ईभीमा फक्सवागनको प्रवेश

इन्ट्री लेभल ईभीमा फक्सवागनको प्रवेश

फक्सवागनले विश्वव्यापी स्तरमा आफ्नो पहिलो इलेक्ट्रिक कार आइडी.एभ्रिवान...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...