पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनमा ‘युरो ६’ मापदण्ड लागू गर्ने घोषणा, के हाे युराे ६ ?

काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई ‘युरो ६’ मापदण्ड लागू गर्ने घोषणा गरेका छन् ।

आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । 

‘वातावरण मूल्याङ्कन सहज बनाइनेछ । पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई युरो ६ मापदण्ड लागू गरिनेछ ,’उनले भने, ‘जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय वित्तीय संयन्त्रमा पहुँच बढाइनेछ ।’

यससँगै युराे ६ ले फेरि चर्चा पाउने भएको छ । पहिले पनि पटक पटक यो मापदण्ड लागू गर्ने चर्चा भए पनि लागू हुन सकेको छैन ।

के हो युरो ६ ?
बिक्री गरिने कुनै पनि नयाँ गाडीले निकाल्ने प्रदूषणको स्तरलाई युरो स्ट्यान्डर्ड वा युरोपियन इमिसन स्ट्यान्डर्ड भनिन्छ । युरोपियन युनियनले लागू गरेको सो स्ट्यान्डर्ड सवारी साधनले निकाल्ने नाइट्रोजन अक्साइड, कार्बन मोनोअक्साइड, टोटल हाइड्रोकार्बन (टीएचसी), नन–मिथेन हाइड्रोकार्बन र पार्टिक्युलेट म्याटर (पीएम) मा आधारित हुन्छ । सवारी साधन अन्तर्गत कार, ट्रक, ट्रयाक्टर र अन्य लोकोमोटिभ पर्छन् भने यसमा सामुद्रिक जहाज र हवाईजहाज भने पर्दैनन् । सवारी साधनको प्रकार अनुसार यसलाई विभाजन गरिन्छ । यसरी तोकिएको मापदण्ड पालना नगर्ने सवारी साधनलाई युरोपियन युनियन अर्थात ईयूमा बिक्री गर्न पाइदैन । छोटकरीमा भन्दा यसबाट हावाको गुणस्तरमा सुधार गर्ने उद्देश्य राखिएको हुन्छ ।

हलुका सवारी साधनका लागि ६ प्रकारका युरो स्ट्यान्डर्ड प्रयोगमा आएका छन् युरो १ देखि युरो ६ सम्म । हाल व्यावहारिक रुपमा युरो ६ प्रयोगमा आइरहेको छ, जुन सन् २०१४ देखि हलुका प्यासेन्जर र कमर्सियल भेइकलका लागि लागू भएको छ । युरो ५ र युरो ६ अनुसार डाइरेक्ट इन्जेक्सन इन्जिनले ०.००४५ ग्राम प्रतिकिलोमिटर भन्दा कम पीएम मात्र उत्पादन गर्नुपर्छ । युरो १ देखि युरो ६ सम्म आइपुग्दा लागू भएको विभिन्न मापदण्ड निम्नानुसार छ :

Euro StandardPetrol NO(g/km)Diesel NO(g/km)Diesel PM (g/km)Diesel CO
Euro I0.970.970.142.72
Euro II0.50.9 (direct injection)0.11.0
Euro III0.150.50.050.66
Euro IV0.080.250.0250.5
Euro V0.060.180.0050.5
Euro VI0.060.080.00450.5

सम्बन्धित समाचारहरू

१५०० सीसी माथिको कार र इलेक्ट्रिक कारमा बढ्यो कर : यस्तो छ अन्य व्यवस्था

१५०० सीसी माथिको कार र इलेक्ट्रिक कारमा बढ्यो कर : यस्तो छ अन्य व्यवस्था

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट...

काठमाडौंका पेट्रोल पम्पले डेढ महिना भित्र शौचालय सञ्चालन गर्नुपर्ने

काठमाडौंका पेट्रोल पम्पले डेढ महिना भित्र शौचालय सञ्चालन गर्नुपर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाभित्रका पेट्रोल पम्पहरुलाई ४५...

सीतापाइलामा खुल्यो सेनाको पेट्रोल पम्प

सीतापाइलामा खुल्यो सेनाको पेट्रोल पम्प

काठमाडौँ – राजधानीको सीतापाइलामा नेपाली सेनाले पेट्रोल पम्प सञ्चालनमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...