अब सवारी चालक अनुमतिपत्र सम्बन्धी सम्पूर्ण राजस्व इसेवाबाट तिर्न सकिने

काठमाडौँ - गण्डकी प्रदेशको पोखराबाट अबदेखि सवारी चालक अनुमतिपत्र लिने, वर्ग थप्ने र नवीकरण गर्दा भुक्तानी गर्नुपर्ने राजश्व रकम इसेवाबाट सजिलै भुक्तानी गर्न मिल्ने भएको छ ।

लामो समय लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य गर्न र यातायात कार्यालयको सेवा चुस्त बनाउने हेतुले इसेवाबाट सजिलै भुक्तानी गर्न मिल्ने व्यवस्था गरिएको हो ।

कार्यालका अनुसार https://applydlnew.dotm.gov.np/login मा गएर सेवाग्राहीले आवश्यक सम्पूर्ण विवरण भरेपछि ‘पे नाउ’ अप्सन देखापर्छ । उक्त लिङ्क छानेपस्चात अनलाइन भुक्तानीका लागि विभिन्न भुक्तानी सेवा प्रदायकहरूको लोगो सहितको पृष्ठ देखापर्नेछ । जहाँ सेवाग्राहीहरूले इसेवा छनोट गरेर सहजै रकम भुक्तानी गर्न सक्नेछन् ।

प्रविधिको सदुपयोग गर्दै सरकारी सेवा प्रवाहका क्रममा देखिने गरेको भीड तथा लाइन र विचौलियामुक्त बनाई सुशासन प्रवर्द्धन गर्ने उद्देश्यका सेवा सुरु गरिएको जनाइएको छ ।

सम्बन्धित समाचारहरू

अब सबै प्रदेशमा सवारी साधन कर समान हुने, अन्य धेरै विषयमा समेत सहमति

अब सबै प्रदेशमा सवारी साधन कर समान हुने, अन्य धेरै विषयमा समेत सहमति

काठमाडौं – सवारी साधनमा लाग्ने कर हाल विभिन्न प्रदेशमा फरक फरक भएकोमा अब...

ट्रायल पास गरेको एक वर्ष बित्दासमेत हातमा छैन लाइसेन्स

ट्रायल पास गरेको एक वर्ष बित्दासमेत हातमा छैन लाइसेन्स

सरकारी ढिलासुस्ती र बेवास्ताका कारण सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को...

सुरक्षण मुद्रण केन्द्रमार्फत १२ लाख ड्राइभिङ लाइसेन्स छाप्ने तयारी

सुरक्षण मुद्रण केन्द्रमार्फत १२ लाख ड्राइभिङ लाइसेन्स छाप्ने तयारी

काठमाडौं — यातायात व्यवस्था विभागले सुरक्षण मुद्रण केन्द्रमार्फत १२ लाख...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...