डिस्क ब्रेकमा किन हुन्छ प्वाल ?
ब्रेकिङ सिस्टममा लगातार सुधार भइरहेको छ । ब्रेकिङ सिस्टम अन्तर्गत डिस्क...
कहिलेकाहीँ सानो लापरबाहीले गर्दा पनि सवारी साधन र इन्जिन दुवैमा ठुलो क्षति पुर्याएको हुन्छ । जसलाई मर्मत गर्न समय र खर्च दुवै लाग्छ ।
गाडीमा इन्जिनको आयु बढाउनका लागि सधैँ सही र राम्रो गुणस्तरको इन्जिन आयल प्रयोग गर्नुपर्छ । यसो गरिएन भने इन्जिनको आयु घट्छ र खराब अवस्थामा इन्जिन सिज हुने खतरा पनि बढ्छ । साथै पैसा बचत गर्नका लागि जथाभाबी इन्जिन आयल प्रयोग पनि गर्नुहुँदैन । कम्पनीले कारमा प्रदान गरिएको म्यानुअलमा सही ग्रेड र गुणस्तरको इन्जिन आयल प्रयोग गर्नुपर्छ ।
गाडीमा समयमै र गुणस्तरीय इन्जिन आयल प्रयोग गरेमा इन्जिनको आयु बढ्छ । तर गाडीमा गुणस्तरहीन पेट्रोल वा डिजेल भरियो भने इन्जिनमा समस्या बढ्न थाल्छ । गुणस्तरहीन पेट्रोल वा डिजेलको प्रयोगले इन्जिनका महत्त्वपूर्ण पार्टसको आयु घटाउँछ। लगातार गुणस्तरहीन पेट्रोल वा डिजेलको प्रयोगका कारण इन्जिन सिज हुने जोखिम पनि बढ्छ ।
लामो दुरीको यात्रा गर्दा गाडी नरोकिइकन चलाउँदा पनि इन्जिन सिज हुने खतरा बढ्छ। लामो दुरीको यात्रा गर्दा बिचबिचमा केही समयका लागि रोक्ने गर्नुपर्छ । लामो दूरीसम्म गाडी चलाउनु परेमा इन्जिनको तापक्रमलाई ध्यानमा राख्नुपर्छ ।
इन्जिनलाई सिज हुनबाट जोगाउन समयमै कारको सर्भिस गराउनु धेरै महत्त्वपूर्ण छ। समयमै कार सर्भिस गरियो भने इन्जिन सिज हुनबाट जोगिनुका साथै कारका अन्य समस्याबाट पनि बच्न मद्दत गर्छ ।
ब्रेकिङ सिस्टममा लगातार सुधार भइरहेको छ । ब्रेकिङ सिस्टम अन्तर्गत डिस्क...
काठमाडौं – अहिले नेपाली बजारमा १४ अर्ब बराबरको अवैध रुपमा गाडीहरुका...
काठमाडौं – नेपाली बजारमा बोसको आधिकारिक वितरक सत्यदीप ग्रुपको आयोजनामा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...