बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
गाडीको इन्जिन सिज भएको हामीले सुनेका वा भोगेका छौ । इन्जिन लक हुनु वा यो चल्न बन्द गर्नु नै इन्जिन सिज हुनु हो । लापरवाहीका कारण पुरानो मात्र होइन, नयाँ गाडीको इन्जिन पनि सिज हुन सक्छ ।
इन्जिन सिज भयो भने इन्जिनले कामै गर्दैन र गाडी नै काम नलाग्ने पनि हुन सक्छ । त्यसैले पहिले नै इन्जिन सिज हुन नदिनका लागि विभिन्न उपाय अपनाउन सकिन्छ ।
निम्न कारणले इन्जिन सिज हुन्छ :
१. सबैभन्दा मूख्य कारण ओभरहिटिङ हो । गाडी धेरै तात्यो भने यसको संकेत दिने प्रणाली सबै गाडीमा हुन्छ । यो कुरालाई कहिल्यै पनि बिर्सनु हुँदैन ।
२. टाइमिङ बेल्ट वा टाइमिङ चेन टुट्नाले पनि इन्जिन सिज हुन्छ ।
३. इन्जिनको सिलिन्डरमा पानी पस्यो भने यसबाट पिस्टनमा नोक्सानी हुन्छ । यसबाट पनि इन्जिन सिज हुन्छ । खासगरी भरी पानीमा गाडी चलाउदा यस्तो समस्या आउन सक्छ ।
४. खराब इन्धनका कारण पनि इन्जिन सिज हुन्छ । त्यसैले गुणस्तरीय पेट्रोल पम्पमा मात्र इन्धन भर्नु राम्रो हुन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...