कम गुड्ने सवारी साधनमा समेत समयमै इन्जिन आयल परिवर्तन गर्नु किन महत्वपूर्ण छ ?

यदि सवारीसाधन एकदमै कम मात्र गुडेको छ र आफ्नो गाडीको इन्जिन आयल फेर्नु पर्दैन भन्ने बुझाईमा हुनुहुन्छ भने, तपाँई गलत हुनुहुन्छ । कम गुड्ने सवारीसाधनमा समेत यदि समयमै इन्जिन आयल नफेर्ने हो भने तपाईंको गाडीको इन्जिनलाई क्षति पुग्न सक्छ ।

इन्जिन आयलले समयको साथ यसको गुणस्तर गुमाउँछ । गाडी पार्क गर्दा पनि हावामा रहेको चिसो र धुलोका कण इन्जिन आयलमा प्रवेश गर्न सक्छन् । जसका कारण इन्जिन आयल प्रदूषित हुन्छ र यसको कार्यक्षमता प्रभावित हुन्छ ।

इन्जिन भित्र चलिरहेको इग्निशन प्रक्रियाका कारण इन्जिन आयलमा एसिड बन्न थाल्छ । यो एसिडले इन्जिनका भित्री भागहरूलाई क्षति पुर्याउन सक्छ । विशेष गरी जब गाडी लामो समयसम्म निष्क्रिय हुन्छ, इन्जिनको तेल गाढा हुन थाल्छ ।

यसले इन्जिनका पार्टपुर्जाहरू सहज रूपमा चलिरहन आवश्यक पर्ने लुब्रिकेसनलाई घटाउँछ । बाक्लो आयलले ईन्जिन स्टार्ट गर्न बाधा पार्ने कारण चिसो मौसममा यो समस्या झन् बढ्छ ।

जतिसुकै थोरै सवारी साधन चलाए पनि धेरैजसो सवारी उत्पादकहरूले इन्जिन आयल हरेक ६ देखी १२ महिनामा परिवर्तन गर्न सुझाव दिने गरेका छन् । कम माइलेज भएका सवारी साधनका लागि पनि वर्षमा कम्तिमा एक पटक इन्जिन आयल परिवर्तन गर्नुपर्छ ।

सम्बन्धित समाचारहरू

गल्फ लुव्रिकेन्टको स्वराज ट्रयाक्टर सर्भिस क्याम्प सम्पन्न

गल्फ लुव्रिकेन्टको स्वराज ट्रयाक्टर सर्भिस क्याम्प सम्पन्न

नेपालमा गल्फ लुव्रिकेन्टको उत्पादक नेपाल ल्यूव आयल लिमिटेडले स्वराज...

दसैंमा घर जाने यात्रुका सवारी साधनलाई गल्फले फ्रि चेकअप गर्ने

दसैंमा घर जाने यात्रुका सवारी साधनलाई गल्फले फ्रि चेकअप गर्ने

काठमाडौं – नेपालमा गल्फ लुब्रिकेन्ट उत्पादन र वितरण गर्ने गल्फ...

कार र १००० सीसी सम्मका बाइकमा प्रयोग हुन्छ मोटुल लुब्रिकेन्ट

कार र १००० सीसी सम्मका बाइकमा प्रयोग हुन्छ मोटुल लुब्रिकेन्ट

मोटुल लुब्रिकेन्ट विश्वमै गुणस्तरीय लुब्रिकेन्टको रुपमा परिचित छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...