कम गुड्ने सवारी साधनमा समेत समयमै इन्जिन आयल परिवर्तन गर्नु किन महत्वपूर्ण छ ?

यदि सवारीसाधन एकदमै कम मात्र गुडेको छ र आफ्नो गाडीको इन्जिन आयल फेर्नु पर्दैन भन्ने बुझाईमा हुनुहुन्छ भने, तपाँई गलत हुनुहुन्छ । कम गुड्ने सवारीसाधनमा समेत यदि समयमै इन्जिन आयल नफेर्ने हो भने तपाईंको गाडीको इन्जिनलाई क्षति पुग्न सक्छ ।

इन्जिन आयलले समयको साथ यसको गुणस्तर गुमाउँछ । गाडी पार्क गर्दा पनि हावामा रहेको चिसो र धुलोका कण इन्जिन आयलमा प्रवेश गर्न सक्छन् । जसका कारण इन्जिन आयल प्रदूषित हुन्छ र यसको कार्यक्षमता प्रभावित हुन्छ ।

इन्जिन भित्र चलिरहेको इग्निशन प्रक्रियाका कारण इन्जिन आयलमा एसिड बन्न थाल्छ । यो एसिडले इन्जिनका भित्री भागहरूलाई क्षति पुर्याउन सक्छ । विशेष गरी जब गाडी लामो समयसम्म निष्क्रिय हुन्छ, इन्जिनको तेल गाढा हुन थाल्छ ।

यसले इन्जिनका पार्टपुर्जाहरू सहज रूपमा चलिरहन आवश्यक पर्ने लुब्रिकेसनलाई घटाउँछ । बाक्लो आयलले ईन्जिन स्टार्ट गर्न बाधा पार्ने कारण चिसो मौसममा यो समस्या झन् बढ्छ ।

जतिसुकै थोरै सवारी साधन चलाए पनि धेरैजसो सवारी उत्पादकहरूले इन्जिन आयल हरेक ६ देखी १२ महिनामा परिवर्तन गर्न सुझाव दिने गरेका छन् । कम माइलेज भएका सवारी साधनका लागि पनि वर्षमा कम्तिमा एक पटक इन्जिन आयल परिवर्तन गर्नुपर्छ ।

सम्बन्धित समाचारहरू

सातदोबाटोमा रोकेर राखेको बसमा आगलागी

सातदोबाटोमा रोकेर राखेको बसमा आगलागी

ललितपुरको सातदोबाटोमा रोकेर राखिएको सार्वजनिक बसमा आगलागी भएको छ ।...

गोल्छा ग्रुपले सर्भो लुब्रिकेन्टको ब्लेन्डिङ प्लान्ट नेपालमै स्थापना गर्ने

गोल्छा ग्रुपले सर्भो लुब्रिकेन्टको ब्लेन्डिङ प्लान्ट नेपालमै स्थापना गर्ने

काठमाडौं – गोल्छा ग्रुप अन्तर्गतको हंसराज हुलास चन्द एण्ड कम्पनीले...

रुकुम पश्चिम र सल्यानमा गल्फ लुब्रिकेन्टको रिटेलर तथा पीजीएम मिट सम्पन्न

रुकुम पश्चिम र सल्यानमा गल्फ लुब्रिकेन्टको रिटेलर तथा पीजीएम मिट सम्पन्न

काठमाडौं – नेपालमा गल्फ लुब्रिकेन्ट उत्पादन र वितरण गर्ने गल्फ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...