फक्सवागन टाइगुन : नेपाली बजारमा थपिएको नयाँ एसयूभीका यस्ता छन् विशेषता
हालै नेपाली बजारमा फक्सवागनको नयाँ एसयूभी टाइगुन भित्रिएको छ । भारतमा...
यो बर्षको फेस्टिभल सिजन आज छठ पर्ब मनाएपछि सकिंदै छ । प्रत्येक बर्ष भदौ महिनाको सुरुवातसंगै नेपालमा फेस्टिभल सिजनको शुरुवात भएको मान्ने गरिन्छ । नेपाली नारीहरुको महान पर्ब तीजको आगमनसंगै शुरु हुने यो सिजन दशैं, तिहार र छठ मनाएपछि अन्त्य हुने प्रचलन रहँदै आएको छ ।
त्यसैले आज छठ पर्ब मनाएपछि भोलीबाट फेस्टिभल सिजन बिधिबत अन्त्य भएको मानिने छ । यो सिजनमा बजार निकै नै चलायमान हुने हुँदा ब्यावसायीले पनि बिभिन्न अफर तथा स्किम सार्बजनिक गरी ग्राहकलाई आफूले बिक्री गर्ने बस्तु तथा सेवामा आकिर्षत गर्ने पुरानो प्रचलन कायमै छ ।
सोही प्रचलनलाई निरन्तरता दिँदै यसपाली पनि प्राय अधिकांश अटोमोबाइल कम्पनीहरुले नगद छुट र बिभिन्न उपहार योजना समाबेश गरी फेस्टिभल अफर ल्याए । यो सिजनको सुरुवात भएसंगै सार्बजनिक गरिएका यस्ता अधिकांश अफर तथा स्किमहरु आज छठ पर्ब मनाएपछि भोलीदेखी बन्द हुँदै छन् भने कतिपय कम्पनीहरुले यो महिनाको अन्तिमसम्म लागु हुने जनाएका छन् ।
फेस्टिभल सिजनमा सामान्य अबस्थामा भन्दा बढी नगद छुट, बिभिन्न शिर्षकमा निशुल्क सेवा र उपहार पाउने हुँदा सवारीसाधन खरिद गर्न शोरुममा ग्राहकको भिंडभांड नै लाग्ने गर्छन् । बर्षभरी बिक्री हुने कुल सवारीसाधनको करिब १ तिहाई हाराहरी यहि सिजनमा बिक्री हुने हुँदा पनि फेस्टिभल सिजन बिक्रेता कम्पनीहरुका लागि बिशेष बन्ने गरेको हो ।
पछिल्लो समय कोराना महामारीको प्रभाव बिस्तारै कम हुँदै गएको र आर्थिक गतिबिधीले समेत गति लिन थालेपछि बजारमा गाडी तथा मोटरसाइको माग बढ्न थालेको देखिन्छ । जसका कारण यो बर्षको फेस्टिभल सिजनमा प्राय सबैजसो बिक्रेता कम्पनीहरुले उल्लेख्य रुपमा सवारीसाधन बिक्री गर्न सफल भए । टु ह्विलरमा होन्डा, बजाज, यामाहा, टिभिएस र हिरो जस्ता ब्रान्डले ल्याएको अफरलाई ग्राहकले बढी मन पराए भने फोर ह्विलरमा हुन्डाई, मारुती सुजुकी, टाटा, फक्सवागन, स्कोडा, रेनो, निशान लगायत ब्रान्डले ल्याएको अफर बढी चर्चित बनेका थिए ।
हालै नेपाली बजारमा फक्सवागनको नयाँ एसयूभी टाइगुन भित्रिएको छ । भारतमा...
जर्मन कार निर्माता कम्पनी फक्सवागनले नयाँ मिड साइज एसयूभी भर्टस बजारमा...
सेडान भन्दा छोटो र ह्याचब्याकभन्दा केही लामो देखिने कम्प्याक्ट सेडान...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...