बजारमा पिकअपको चरम अभाव, चल्तीका यी पिकअप हात पार्न २ महिनासम्म कुर्नुपर्ने
काठमाडौं – सेमी कन्डक्टरको विश्वव्यापी अभावका कारण अहिले अधिकांश...
काठमाडौं – नेपाली बजारमा सबैभन्दा धेरै बिक्री हुने बताइएको इसुजुको लाइफस्टाइल पिकअप एस–क्याब किन्न झनै सहज हुने भएको छ । इसुजुको काठमाडौंका लागि डिलर टाइम्स मोटर्सले दुई महिनाको ईएमआई होलिडे सहितको योजना ल्याए पछि ग्राहकलाई सहजता थपिएको हो ।
४५ लाख ९० हजार रुपैयाँ मूल्यको यो पिकअपमा ७५ प्रतिशत सम्म फाइनान्स सुविधा उपलब्ध हुन्छ । यसका आधारमा शुरुमा १२ लाख रुपैयाँ जति मात्र नगद बुझाउनु पर्ने भए पनि यसलाई अझै सहज गराएर ९ लाख ९० हजार रुपैयाँ मात्र तिर्न र केही महिना पछि मात्र बाँकी रकम बुझाउन सकिने व्यवस्था गरिएको टाइम्स मोटर्सका म्यानेजिङ डाइरेक्टर दिपकराज गिरीले बताए ।
यद्यपि पिकअप किने पछि पहिलो दुई महिनाको किस्ता समेत तिर्नु नपर्ने र त्यसपछि बल्ल किस्ता शुरु हुनेछ । यसले गर्दा समग्रमा तीन महिनाको फाइदा ग्राहकले लिने सक्ने गिरीले बताए ।
बाँकी रकमलाई ५ वर्ष वा ७ वर्ष सम्म मासिक रुपमा तिर्न सकिने गरी फाइनान्स सुविधा उपलब्ध हुन्छ । ५ वर्ष सम्मका लागि मासिक ७० हजार र ७ वर्षका लागि मासिक ५५ हजार जति किस्ता तिर्ने गरी यो पिकअप आफ्नै बनाउन सकिन्छ ।
दैनिक रुपमा आय आर्जन गर्नेहरुका लागि यो स्किम निकै नै उपलब्धिमूलक हुने बताइएको छ ।
इसुजु एस–क्याबमा २.५ लिटर,फोर सिलिन्डर, कमन रेल, टर्बो इन्टरकुल्ड डिजेल इन्जिन छ, जसले ३८०० आरपीएममा ७८ एचपी पावर र १८०० देखि २४०० आरपीएममा १७६ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५–स्पिड गियरबक्स जडान गरिएको छ ।
एस–क्याब पिकअपको ह्विलबेस ५१९० एमएम छ भने ग्राउन्ड क्लियरेन्स २२० एमएम छ । यसमा टिल्ट एड्जस्टमेन्ट सहितको पावर स्टेयरिङ, हिटर सहितको एयर कन्डिसनर, पावर विन्डोज, सन्ट्रल लकिङ, फ्लेक्जिबल रियर सिट, मल्टिपल स्टोरेज कम्पार्टमेन्ट, ट्विन ग्लोबबक्स, ड्युअल पोजिसन टेलगेट र ४ स्पिकरलगायतका विभिन्न फिचर छन् ।
त्यसैगरी सुरक्षाका लागि भेन्टिलेटेड फ्रन्ट डिस्क, स्टिल स्किड प्लेट, वार्निङ लाइट र बजर, डे एन्ड नाइट आईआरभीएम, क्रम्पल जोनसहितको क्याबिन र ट्युबलेस टायर उपलब्ध छन् ।
काठमाडौं – सेमी कन्डक्टरको विश्वव्यापी अभावका कारण अहिले अधिकांश...
जापनिज कार निर्माता कम्पनी सुबारुले विश्वभर २ करोड अल ह्विल ड्राइभ गाडी...
सुर्खेत—एसएमएल इसुजुको नेपालका लागि एकमात्र वितरक लक्ष्मी कमर्शियल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...