सडक दुर्घटना कम गर्न सडक सङ्केत राख्दै काठमाडाैँ महानगरपालिका
काठमाडौँ – काठमाडौँ महानगरपालिकाले यही साउनदेखि सडक सुरक्षाका लागि...
काठमाडौं- नागढुंगा सुरूङमार्गबाट एम्बुलेन्सलगायत अत्यावश्यक सेवाका गाडी पठाउन सुरु भएको छ।
धादिङको सिस्नेखोलादेखि काठमाडौंको बलम्बुस्थित सुरूङमार्गबाट एम्बुलेन्सलगायत सवारी साधन पठाउन थालिएको हो।
पूर्ण रुपमा निर्माण सम्पन्न भइनसके पनि आपतकालीन अवस्थामा उक्त सुरुङमार्ग प्रयोगमा ल्याइएको सडक विभागले जनाएको छ । गत वैशाख ३ गते ब्रेक थ्रु गरिएको उक्त सुरुङमार्गमा फिनसिङको काम बाँकी हुँदा संचालनमा आउन सकेको छैन् । यो सुरूङ २ हजार ६८८ मिटर लामो छ ।
सडक विभागका सूचना अधिकारी अमितकुमार शर्माले पृथ्वी राजमार्गमा पर्ने धादिङ झ्याप्लेखोला पहिरोले गर्दा काठमाडौं छिर्ने र बाहिरिने सवारी साधनलाई वैकल्पिक मार्गबाट पठाउन थालिएको जानकारी दिए।
बिरामी बोकेका एम्बुलेन्सलगायत अत्यावश्यक सेवाका सवारी साधनलाई नागढुंगा सुरूङमार्गबाट काठमाडौं पठाउन थालिएको उनले बताए। यस्तै काठमाडौंबाट बाहिरिएका सवारी साधनलाई पनि पिपलबोटलगायत ठाउँबाट वैकल्पिक मार्गबाट पठाइएको छ।
झ्याप्लेखोलामा शनिबार लेदोसहित खसेको पहिरो अझै पन्छाउन सकिएको छैन ।
काठमाडौँ – काठमाडौँ महानगरपालिकाले यही साउनदेखि सडक सुरक्षाका लागि...
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोला नजिक खसेको पहिरो...
काठमाडौँ – महानगर यातायात प्रालिको तेस्रो अधिवेशनले सन्तोष खतिवडालाई...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...