गाडी कतै सर्भिसिङ गर्नु छ ? निषेधाज्ञामा पनि कम्पनीहरुले दिदैछन् इमर्जेन्सी सर्भिस

काठमाडौं – निषेधाज्ञाको समयमा थोरै गाडी चलेका छन् । यो अवस्थामा सामान्य अवस्थामा जस्तो धेरै सवारी साधनमा समस्या नआए पनि थोरै संख्यामा भए पनि समस्या आउन सक्छ । त्यसैगरी अन्य अवस्थामा जस्तै सर्भिसिङको आवश्यकता पनि पर्न सक्छ । यही कुरालाई मनन गरी धेरै सवारी साधन आयातकर्ता कम्पनीहरुले इमर्जेन्सी सर्भिसिङ र अन्य सेवाका लागि आफूहरुले सेवा उपलब्ध गराउने बताइरहेका छन् ।

हुन्डाईको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हटलाइन सेवा ल्याएको छ । हालको अवस्थामा समेत हुन्डाईका सवारी चालकहरुलाई आपतकालीन सेवा प्रदान गर्नका लागि यो सेवा ल्याइएको लक्ष्मी इन्टरकन्टिनेन्टलले जनाएको छ ।

हुन्डाईले हाल काठमाडौं उपत्यकाका लागि दुई वटा मोबाइल नम्बर उपलब्ध गराएको छ र आवश्यकता अनुसार सो नम्बरमा कल गरेर सेवा लिन अनुरोध गरेको छ ।

त्यसैगरी टाटा गाडीको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले यो आपतकालीन समयमा पनि कुनै पनि ठाउँमा गाडी मर्मत, पार्टपुर्जा, इन्जिन आयल वा ब्याट्री सम्बन्धी सेवा चाहिएमा २४ घण्टा नै सेवामा आफूहरु तयार रहेको जनाएको छ ।

ड्याटसन गाडीको मर्मतका लागि ड्याटसन इमर्जेन्सी सर्भिसिङ उपलब्ध हुने कम्पनीको भनाइ छ । विशेष गरी स्वास्थ्य क्षेत्रमा क्रियाशील व्यक्तिहरु र सरकारी वा अन्य कर्मचारीहरुका लागि यो सुविधा उपलब्ध गराइएको र यसका लागि एउटा नम्बर उपलब्ध गराइएको छ ।

अशोक लेल्यान्ड र अन्य विभिन्न ब्रान्डका गाडी उपलब्ध गराइरहेको आईएमई अटोमोटिभ्सले पनि यस्तै प्रकारले सर्भिसिङ उपलब्ध गराउनका लागि सम्पर्क नम्बर उपलब्ध गराएको छ ।

यसैगरी अन्य विभिन्न कार तथा बाइक कम्पनीहरुले पनि सामाजिक सञ्जाल र अन्य माध्यमबाट यसको जानकारी दिइरहेका छन् ।

सम्बन्धित समाचारहरू

कोभिड महामारीमा खट्ने फ्रन्टलाइनर्सका लागि टाटाले ल्यायो विशेष योजना

कोभिड महामारीमा खट्ने फ्रन्टलाइनर्सका लागि टाटाले ल्यायो विशेष योजना

काठमाडौं – नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

टाटाका एस ईभी फ्ल्याटबेड र सिएलभी विद्युतीय गाडी अब इटहरीमा, के छ अफर ?

टाटाका एस ईभी फ्ल्याटबेड र सिएलभी विद्युतीय गाडी अब इटहरीमा, के छ अफर ?

काठमाडौं – नेपालको लागि टाटा मोटर्सको एक मात्रै अधिकारिक वितरक सिप्रदी...

सिप्रदीयन सहायता संस्थाद्वारा सातौं पुनर्निर्मित विद्यालय भवनको हस्तान्तरण

सिप्रदीयन सहायता संस्थाद्वारा सातौं पुनर्निर्मित विद्यालय भवनको हस्तान्तरण

काठमाडौं – टाटा कम्युनिटी इनिसियटिभ ट्रष्टको आर्थिक सहयोग र टाटा ट्रस्ट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...