इम्बोस्ड नम्बर प्लेट डेढ वर्षभित्र छापेर वितरण गर्न नसके ९५ प्रतिशत रकम तिर्नुपर्ने 

काठमाडौं - भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले इम्बोस्ड नम्बर प्लेट डेढ वर्षभित्र छापेर वितरण गर्न नसके ९५ प्रतिशत रकम तिर्नुपर्ने बताएका छन् ।

बिहीबार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठमा बोल्दै मन्त्री दाहालले समय अवधिभित्र २५ लाख नम्बर प्लेट वितरण गर्न नसके ९५ प्रतिशत रकम तिर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘टेक्नीकल धेरै कुरा मन्त्रीलाई थाहा हुँदैन तर हाम्रो जम्मा तीन वटा विभागहरु र एउटा कार्यालय गरेर चार वटा केन्द्रीय स्तरका मन्त्रालयका विभागहरु छन् । यातायात विभाग छ, रेल विभाग छ, सडक विभाग छ र पानी जहाज कार्यालय छ । यी चार वटा विभाग र कार्यालयहरुको नेतृत्व यातायात मन्त्रालयले नै गर्ने गर्छ । इम्बोस्ड नम्बर प्लेटको सन्र्दभमा सर्वोच्चले रोकेको भन्ने थियो तर सर्वोच्चले गरेको यो निर्णय दोहोरो छ भन्ने बुझियो । नेपाली र अंग्रेजी के मा गर्ने भन्ने विषयमा दुईटै गर्न सकिने खालको निर्णय गरेको देखियो । यसमा हामीलाई रोकेको छैन । यो वितरण गर्दा हुने खालको नै छ । तर हाम्रो आफ्नो समस्या के छ भन्दा खेरी डेढ वर्षभित्र २५ लाख छापेर वितरण गर्न सकेनौं भने ९५ प्रतिशत रकम हामीले तिर्नुपर्छ ।’

साथै, उनले इम्बोस्ड नम्बर बनाउँदा सुरुदेखि नै कमजोरी भएको बताए । उनले पूर्वाधारहरु निर्माण गरेर मात्र इम्बोस्ड नम्बर बनाउदा यसको नतिजा राम्रो हुने बताए ।

सम्बन्धित समाचारहरू

ट्रायम्फ नेपालको एपिक राइडको भिडियो सार्वजनिक गर्दै सम्पन्न भयो ‘म्युजिक नाइट’

ट्रायम्फ नेपालको एपिक राइडको भिडियो सार्वजनिक गर्दै सम्पन्न भयो ‘म्युजिक नाइट’

काठमाडौं – ट्रायम्फ नेपालले नक्सालस्थित बाइकर्स क्याफेमा ‘म्युजिक नाइट’...

शनिबार काठमाडौंमा सीएफमोटो ४५०एमटी र २५०एनके टेस्ट राइड हुने, अवसर नछुटाउन आग्रह

शनिबार काठमाडौंमा सीएफमोटो ४५०एमटी र २५०एनके टेस्ट राइड हुने, अवसर नछुटाउन आग्रह

काठमाडौं – सीएफमोटोको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले हालै...

सुपर एप बन्दै पठाओ, वार्षिकोत्सवमा किराना, खाजाघर र गेम्स सुविधा थप

सुपर एप बन्दै पठाओ, वार्षिकोत्सवमा किराना, खाजाघर र गेम्स सुविधा थप

काठमाडौं- राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालले व्यावसायिक यात्राको ६ वर्ष...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...