सीएनजीपछि अब हाइड्रोजनबाट चल्ने मोटरसाइकलमा फोकस बढ्ने
विश्वको पहिलो सीएनजी मोटरसाइकल बजाज फ्रिडम १२५ भारतमा लन्च भइसकेको छ ।...
काठमाडौं - भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले इम्बोस्ड नम्बर प्लेट डेढ वर्षभित्र छापेर वितरण गर्न नसके ९५ प्रतिशत रकम तिर्नुपर्ने बताएका छन् ।
बिहीबार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठमा बोल्दै मन्त्री दाहालले समय अवधिभित्र २५ लाख नम्बर प्लेट वितरण गर्न नसके ९५ प्रतिशत रकम तिर्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘टेक्नीकल धेरै कुरा मन्त्रीलाई थाहा हुँदैन तर हाम्रो जम्मा तीन वटा विभागहरु र एउटा कार्यालय गरेर चार वटा केन्द्रीय स्तरका मन्त्रालयका विभागहरु छन् । यातायात विभाग छ, रेल विभाग छ, सडक विभाग छ र पानी जहाज कार्यालय छ । यी चार वटा विभाग र कार्यालयहरुको नेतृत्व यातायात मन्त्रालयले नै गर्ने गर्छ । इम्बोस्ड नम्बर प्लेटको सन्र्दभमा सर्वोच्चले रोकेको भन्ने थियो तर सर्वोच्चले गरेको यो निर्णय दोहोरो छ भन्ने बुझियो । नेपाली र अंग्रेजी के मा गर्ने भन्ने विषयमा दुईटै गर्न सकिने खालको निर्णय गरेको देखियो । यसमा हामीलाई रोकेको छैन । यो वितरण गर्दा हुने खालको नै छ । तर हाम्रो आफ्नो समस्या के छ भन्दा खेरी डेढ वर्षभित्र २५ लाख छापेर वितरण गर्न सकेनौं भने ९५ प्रतिशत रकम हामीले तिर्नुपर्छ ।’
साथै, उनले इम्बोस्ड नम्बर बनाउँदा सुरुदेखि नै कमजोरी भएको बताए । उनले पूर्वाधारहरु निर्माण गरेर मात्र इम्बोस्ड नम्बर बनाउदा यसको नतिजा राम्रो हुने बताए ।
विश्वको पहिलो सीएनजी मोटरसाइकल बजाज फ्रिडम १२५ भारतमा लन्च भइसकेको छ ।...
काठमाडौँ – प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने...
काठमाडौँ – हराएका २२ वटा दुई पाङग्रे सवारीसाधन खोजी गरी ट्राफिक प्रहरीले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...