इम्वोस्ड नम्वर प्लेट : कुन साधनको लागी कती लाग्छ खर्च ?

सवारीधनीले आफ्नो सवारीसाधनमा इम्वोस्ड नम्वर प्लेट जडान गर्न आलटाल गरेसंगै यातायात व्यवस्था विभागले कडिकडाउन गर्ने भएको छ । विभागले सार्वजनिक सूचना जारी गरी साउन १ भित्र वाग्मती र गण्डकी प्रदेशभित्रका सवारीधनीले इम्बोस्ड नम्बर प्लेट जडान नगरे कानुनबमोजिम कारबाही हुने भनेको छ ।

विभागले गर्ने सम्भावित कारवाहीबाट जोगिनका लागी पनि अव सवारीधनीले अनिबार्य इम्वोस्ड नम्वर प्लेट जडान गर्नुको कुनै विकल्प देखिँदैन । सवारीसाधनलाई प्रबिधीमैत्री बनाउन र चोरी हुनबाट जोगाउन यस्तो प्लेट जडान गर्न लागिएको विभागले बताने गरेको छ ।

पर्याप्त पूर्वाधार विनानै समयसिमा तोकेर अनिबार्य गर्न लागिएको यस्तो प्लेट जडान गर्दा ग्राहकले ठूलो रकम खर्च गर्नुपर्ने देखिएको छ । इम्बोस्ड नम्बर प्लेट प्रयोगमा ल्याउन आवश्यक प्रविधि र उपकरण एवं सञ्चालनको पूर्वतयारीका लागि आवश्यक पर्ने डाटा सेन्टर, कन्ट्रोल रुम, स्टेलाइट कनेक्सन, आरएफआइडी स्टिकर, रिडेबल डिभाइस, टावरलगायत पूर्वाधार तयार पारेको छैन ।

विभागका अनुसार इम्वोस्ड नम्वर प्लेट जडान गर्दा दुई पांग्रे सवारी साधनमा २ हजार ५ सय, तीनपांग्रे सवारीसाधनमा २९ सय, साना चारपांग्रे सवारीसाधनमा ३२ सय र ठुला सवारीसाधनमा ३६ सय रुपैयाँ शूल्क लाग्नेछ । यसले चौतर्फी महंगीको मारमा पर्दै आइरहेका सवारधनीको खर्च अझै बढाइदिएको छ ।

सम्बन्धित समाचारहरू

असोज १ देखि बागमती प्रदेशमा पनि ७० अंक ल्याए ट्रायल पास हुने

असोज १ देखि बागमती प्रदेशमा पनि ७० अंक ल्याए ट्रायल पास हुने

काठमाडौं – आगामी असोज १ देखि बागमती प्रदेशमा पनि ट्रायलमा ७० अंक ल्याए पास...

तीन आर्थिक वर्षको सवारी साधन कर तथा नवीकरण दस्तुर बुझाए पहिलेको सबै कर तथा जरिवाना छुट हुने

तीन आर्थिक वर्षको सवारी साधन कर तथा नवीकरण दस्तुर बुझाए पहिलेको सबै कर तथा जरिवाना छुट हुने

काठमाडौं – बागमती प्रदेश सरकारले पछिल्लो तीन आर्थिक वर्षको सवारी साधन कर...

कस्तो छ ‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स’ को प्राविधिक परीक्षण ? दिइयो प्रधानमन्त्रीलाई जानकारी

कस्तो छ ‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स’ को प्राविधिक परीक्षण ? दिइयो प्रधानमन्त्रीलाई जानकारी

काठमाडौं । यातायात व्यवस्था विभागको ‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स’...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...