यस्तो हुनेछ प्रिमियम सुविधाले सुसज्जित हुन्डाई क्रेटाको इलेक्ट्रिक संस्करण

हुन्डाईले क्रेटाको इलेक्ट्रिक संस्करण चाँडै लन्च गर्ने भएको छ । कम्पनीले हाल यसको परीक्षण गरिरहेको छ । सो मिडसाइज इलेक्ट्रिक एसयूभी २०२५ को सुरुमा लन्च गर्ने कम्पनीले बताएको छ । यसले टाटा कर्भ, मारुती सुजुकी ईभिएक्स, एमजी जेडएस ईभी र महिन्द्रा एक्सयूभी४०० जस्ता मोडललाई प्रतिस्पर्धा गर्नेछ ।

हुन्डाई क्रेटा ईभीको इन्टेरियरमा क्लोज-अफ फ्रन्ट ग्रिल, अपडेटेड फ्रन्ट र रियर बम्पर, नयाँ एरो इन्सर्ट १८ इन्च ह्विल, एलईडी हेडल्याम्प र स्ट्यान्डर्ड क्रेटासँग मिल्दोजुल्दो टेल ल्याम्प एसेम्ब्ली समावेश छ । नयाँ ईभी क्रेटाको स्टेयरिङ ह्विल विदेशमा हुन्डाईको ईभीमा ल्याइएको नयाँ लोगोलाई समावेश गर्दै अद्वितीय फिनिशसहित फरक देखिन्छ ।

सो एसयूभीमा लेभल २ एडास, ६ एयरब्याग, फ्रन्ट भेन्टिलेटेड सिट, ३६० डिग्री क्यामेरा, अटोमेटिक क्लाइमेट कन्ट्रोल, कुल्ड ग्लोभबक्स, प्रिमियम सरफेस फिनिश र ट्रिम्स, लेयर्ड ड्यासबोर्ड, ड्युअल पेन सनरुफ, एयर प्युरिफायर र कनेक्टेड प्रविधि जस्ता फिचर समावेश गरिएको छ ।

इलेक्ट्रिक हुन्डाई क्रेटा डीसी फास्ट चार्जिङ विकल्पको साथ आउनेछ, यद्यपि यसमा भी२एल र भी२भी क्षमता  समावेश छ कि छैन भन्ने स्पष्ट छैन । यसको इलेक्ट्रिक मोटर इन्ट्री लेभल कोना इलेक्ट्रिकबाट लिन सकिन्छ । यसमा सिंगल र ड्युअल इलेक्ट्रिक मोटर कन्फिगरेसन दुवैमा आउने अपेक्षा गरिएको छ, जसले ४५० किलोमिटरभन्दा बढीको ड्राइभिङ रेन्ज प्रदान गर्छ ।

हुन्डाईले ब्याट्री उत्पादनका लागि एक्साइडसँग सम्झौता गरेको छ । साथै कम्पनीले अतिरिक्त ब्याट्री प्रविधिका लागि कोरियाली कम्पनी एलजी चेमसँगको विश्वव्यापी साझेदारीको लाभ पनि उठाउन सक्छ ।

सम्बन्धित समाचारहरू

हुन्डाई क्रेटा फेरि बन्यो नम्बर १ एसयूभी

हुन्डाई क्रेटा फेरि बन्यो नम्बर १ एसयूभी

भारतीय बजारमा एसयूभीको माग तीव्र गतिमा बढिरहेको छ र यस्तो अवस्थामा कार...

क्रेटा ईभीको बुकिङ खुला, नेपाली बजारमा छिट्टै उपलब्ध हुने

क्रेटा ईभीको बुकिङ खुला, नेपाली बजारमा छिट्टै उपलब्ध हुने

आधिकारिक लन्च अगावै हुन्डाईले आफ्नो बहुप्रतिक्षित क्रेटा ईभीको बुकिङ...

हुन्डाई बन्यो विश्वको तेस्रो ठूलो कार निर्माता कम्पनी

हुन्डाई बन्यो विश्वको तेस्रो ठूलो कार निर्माता कम्पनी

हुन्डाई मोटर ग्रुप बिक्रीको हिसाबले विश्वको तेस्रो ठूलो कार निर्माता...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...