विद्युतीय सवारी साधनको महत्व बढिरहेको सम्बन्धित व्यक्तिहरुको भनाइ

काठमाडौं - सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधि, यातायात व्यवसायी, वातावरणका क्षेत्रमा कार्यरतलगायतले नेपालमा विद्युतीय सवारी साधनको महत्व बढ्दै गएको बताएका छन् ।

नेपालमा पहिलोपटक विद्युतीय बस सञ्चालन गरेको सुन्दर यातायात प्रालिको तेस्रो वार्षिकोत्सवका अवसरमा उनीहरुले नेपालमा विद्युत् उत्पादन बढिरहेकाले र वायु प्रदूषण बढेर त्यो कम गर्न विद्युतीय सवारी साधनको प्रयोग बढाउनुपर्नेमा जोड दिए ।

वातावरण विभागका महानिर्देशक मुकुन्दप्रसाद निरौलाले कोरोनाका कारणले भन्दा पनि वायु प्रदूषणका कारणले लाग्ने रोगले मृत्यु बढिरहेको बताए । उनले भने, ‘वातावरण प्रदूषण कम गर्दै जान विद्युतीय सवारी साधनको प्रयोग बढाउँदै जानुपर्छ ।’

साझा यातायात प्रालिका सञ्चालक समिति सदस्य भूषण तुलाधरले साझाको र सुन्दर यातायातबीच प्रतिस्पर्धा नहुने बताए । उनका अनुसार यी दुवै संस्थाको निजी सवारी साधनसँग प्रतिस्पर्धा छ । उनले भने, ‘निजी सवारी साधनको प्रयोग कम गराएर सार्वजनिकको बढाउनु हाम्रो लक्ष्य हो ।’

सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले कम्पनीले छिट्टै नै थप २० बस भित्र्याउने जानकारी दिए । आफूले धेरै सङ्घर्ष गरेर मात्रै बस सञ्चालनका लागि स्वीकृति पाएको उनले बताए । बस सञ्चालन भएको दुई वर्षमा नाफा हुन नसके पनि आफूहरु आशावादी रहेको उनले सुनाए ।

उनले भने, ‘दुई वर्षमा झण्डै डेढ वर्ष कोभिडकै कारण बस चलाउन सकिएन ।’ सो कार्यक्रममा कम्पनीले यातायात क्षेत्रमा लेख्ने पाँच पत्रकारलाई सम्मान गरेको छ । रासस 
 

सम्बन्धित समाचारहरू

फोर्ड इकोस्पोर्ट जस्तै बीवाईडी युआन प्रो इलेक्ट्रिक कार

फोर्ड इकोस्पोर्ट जस्तै बीवाईडी युआन प्रो इलेक्ट्रिक कार

चिनियाँ अटोमोबाइल कम्पनी बीवाईडीले युआन प्रो इलेक्ट्रिक एसयूभी...

१० लाख युनिट बिक्रीका साथ बीवाईडी डल्फिनले बनायाे नयाँ रेकर्ड

१० लाख युनिट बिक्रीका साथ बीवाईडी डल्फिनले बनायाे नयाँ रेकर्ड

बीवाईडीको लोकप्रिय ह्याचब्याक कार डल्फिनले १० लाख युनिट बिक्री पार गर्दै...

अटो शो–२०२३ मा ५०० बढी टाटा टियागो इभीको बुकिङ

अटो शो–२०२३ मा ५०० बढी टाटा टियागो इभीको बुकिङ

काठमाडौं– नाडा अटो शो–२०२३ मा ५०० बढी टीयागो ईभी बिक्री बुक भएको छ । टाटा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...