पानी परेको समयमा इलेक्ट्रिक सवारी चार्ज गर्नु कति खतरनाक ? के यो समयमा झट्का लाग्न सक्छ ?

विद्युतीय सवारीसाधन लोकप्रिय बन्दै गएका छन् । र, अब मनसुन पनि सुरु भइसकेको छ । मनसुनमा इलेक्ट्रिक सवारी साधन चार्ज गर्नु कत्तिको खतरनाक छ त ? मनसुनमा विद्युतीय सवारीसाधन चार्ज गर्न सुरक्षित हुन्छ कि हुँदैन ? यसको बारेमा समेत धेरैको चासो हुन्छ । यसको वारेमा केही चर्चा गरौ ।

विद्युतीय सवारी साधन चार्ज गर्दा कन्भर्टरबाट एसीलाई डीसीमा परिणत हुन्छ र यो खतरनाक हुन्छ । यसको चपेटामा पर्दा ज्यान जाने खतरा पनि हुन्छ । त्यसैगरी पानीको सम्पर्कमा आएमा विद्युत् सर्ट हुने खतरा समेत रहन्छ ।

तर, इलेक्ट्रिक सवारी साधनमा भने करेन्ट लाग्ने डर हुँदैन । इलेक्ट्रिक सवारीमा चार्ज गर्न फिमेल पिन हुन्छ । सो पिनलाई रबरले कभर गरेको हुन्छ । यसलाई यस्तो तरिकाले डिजाइन गरिएको हुन्छ कि यो पानीमा भिजे पनि यसको फिमेल नोड रबरले ढाकिएको हुन्छ ।

इलेक्ट्रिक कारको चार्जरमा दुई ठाउँमा मेल पिन हुन्छ । यदि कारमा फास्ट चार्जरको सुविधा छ भने, त्यसको इन्टेक पोइन्ट अर्थात् इलेक्ट्रिसिटी सप्लाई लाइनमा जोडिएको बिन्दुमा पनि इन्सुलेटेड रबरले ढाकिएको हुन्छ । यो भिजेको बेला पनि यसलाई प्लगिन लगाउन सकिन्छ ।

यस्तो अवस्थामा चार्ज गर्दा बिजुलीको झट्का लाग्ने खतरा हुँदैन । तर कतिपय अवस्थामा पानीको सम्पर्कमा आएपछि इलेक्ट्रिक सवारी साधनमा सर्ट सर्किट हुने गरेको देखिएको छ, यस्तो किन भयो भन्नेबारे छोटो चर्चा गरौं ।

इलेक्ट्रिक सवारी साधनमा सर्ट सर्किट हुनुको मुख्य कारण कार वा स्कुटरमा आफ्टर मार्केट उपकरण फिट गर्नु हो । कार वा स्कुटरमा कुनै पनि इलेक्ट्रिक सामान राख्नको लागि तार काट्नु पर्छ । यस अवस्थामा तार नाङ्गो हुन्छ । यी तारसँग पानीको सम्पर्क हुँदा सर्ट सर्किटको समस्या उत्पन्न हुन्छ । त्यसैले इलेक्ट्रिक सवारी साधनमा कुनै पनि आफ्टर मार्केट उपकरण प्रयोग गर्नु परेमा निकै होसियारी अपनाउनु पर्छ ।

सम्बन्धित समाचारहरू

५ हाजरमै टियागो ईभी वुक गर्न सकिने, गाडी हात पार्न ४ महिना सम्म कुनुपर्ने

५ हाजरमै टियागो ईभी वुक गर्न सकिने, गाडी हात पार्न ४ महिना सम्म कुनुपर्ने

काठमाडौं– टाटा टियागो ईभीले नाडा अटो शो–२०२३ मा सर्बाधिक चर्चा कमाइरहेको...

टाटाले सञ्चालनमा ल्यायो ‘ईभी लर्निङ्ग सेन्टर’ र ब्याट्री मर्मत केन्द्र, भ्रमण कार्यक्रम सम्पन्न

टाटाले सञ्चालनमा ल्यायो ‘ईभी लर्निङ्ग सेन्टर’ र ब्याट्री मर्मत केन्द्र, भ्रमण कार्यक्रम सम्पन्न

कठमाडौं – टाटा मोटर्स लिमिटेडको नेपालका लागि आधिकारिक वितरक सिप्रदी...

डोङफेङ मोटरद्वारा इजिप्टमा ९ नयाँ मोडेल सार्वजनिक

डोङफेङ मोटरद्वारा इजिप्टमा ९ नयाँ मोडेल सार्वजनिक

डोङफेङ मोटरले इजिप्टको कायरोमा आयोजना गरिएको एक विशेष कार्यक्रममा आफ्ना...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...