बजाज, टिभिएस र हिरोका स्कुटर चम्किदा भारतमा इलेक्ट्रिक टु–ह्विलरको बिक्री ८५ प्रतिशतले बढ्यो

भारतमा इलेक्ट्रिक स्कुटर र बाइकको बिक्री अक्टोबरमा ८५ प्रतिशत बढेर १ लाख ३९ हजार युनिट पुगेको छ । स्थापित ब्रान्ड बजाज, टिभिएस र हिरोका उत्पादनको बिक्री चम्किदा बजार अघिल्लो वर्षको सोही अबधीको तुलनामा उच्च अंकले बृद्धि भएको हो ।

यी तीन ब्रान्डले मात्र ६५ हजार ४८९ यूनिट बिक्री गरेका छन् । जसमा टिभिएसले मात्रै २९ हजार ९३०, बजाजले २८ हजार २४५ र हिरो मोटोकर्पले ७ हजार ३१ यूनिट इलेक्ट्रिक टु–ह्विलर बिक्री गरेका हुन् ।

अघिल्ला महिनाहरुमा झैँ अक्टोबरमा पनि ओलाले सर्बाधिक ४१ हजार ६६४ यूनिट स्कुटर बिक्री गर्न सफल भएको छ । यद्यपी ओलाको बिक्री गत अगष्ट र सेप्टेम्वरको तुलनामा भने केही हजार यूनिटले कम भएको छ । बाँकी ९ वटा स्टार्टअप कम्पनीले जम्मा २० हजार युनिट इलेक्ट्रिक टु–ह्विलर बिक्री गर्दा एथरलेमात्रै १६ हजार यूनिट स्कुटर बिक्री गरेको छ । एथरले हाँसिल गरेको यो बिक्री हालसम्मकै सर्बाधिक धेरै मासिक बिक्री हो ।

स्थापित ब्रान्डको तुलनामा कम प्रविधिक क्षमता र पर्याप्त पूँजी अभावका कारण स्टार्टअप कम्पनीलाई बजार लिन संघर्ष गर्नुपरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । टिभिएस, बजाज र हिरो जस्ता स्थापित ब्रान्डसंग बलियो आर एन्ड डी सेटअप, विशाल डिलर नोटवर्क र कम्पोनेन्ट आपूर्ति राम्रो भएका कारण भविष्यमा यी ब्रान्डले नै बजारमा कब्जा जमाउने देखिन्छ ।

सम्बन्धित समाचारहरू

जनकपुरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न

जनकपुरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न

काठमाडाैं – जनकपुरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न भएको छ । आफ्नो...

सिंगल च्यानल एबीएसमा आयो पल्सर एनएस १२५, मूल्य कति ?

सिंगल च्यानल एबीएसमा आयो पल्सर एनएस १२५, मूल्य कति ?

बजाजले पल्सर एनएस १२५ को नयाँ भेरिएन्ट सार्बजनिक गरेको छ । सिंगल च्यानल...

टीभीएस मोटरसाइकल र स्कुटर किन्दा दुई वर्षको कर तिर्नु नपर्ने

टीभीएस मोटरसाइकल र स्कुटर किन्दा दुई वर्षको कर तिर्नु नपर्ने

टीभीएस मोटरसाइकल र स्कुटर खरिद गर्दा दुई वर्षको कर नलाग्ने स्किम आएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...