इलेक्ट्रिकल डायग्नोस्टिक्सका लागि नयाँ इलेक्ट्रिक टेस्ट बेन्च सार्वजनिक

काठमाडौँ । आईएमई मोटर्सले इलेक्ट्रिकल टेस्टिङ र डायग्नोस्टिक्स विकास गर्नका लागि ‘इलेक्ट्रिकल टेस्ट बेन्च’ को शुभारम्भ गरेको छ । सो टेस्ट बेन्चले इलेक्ट्रिकल सिस्टमका विभिन्न पक्षहरू पहिचान र विश्लेषण गर्ने कार्य गर्दछ ।

कम्पनीका अनुसार एक इलेक्ट्रोनिक कन्ट्रोल युनिट (ईसीयू) मा जाने सर्किट र मुख्य पावर सप्लाईको पहिचान गर्नु हो । सो लाइभ टेस्ट बेन्चको प्रयोग गरेर विशेषज्ञहरुले ईसीयूले लो भोल्टेज पावर सप्लाई वितरण गरेको स्थान स्पष्ट रुपमा पहिचान गरेर यसको कार्यलाई थप क्षमतायुक्त बनाउन सक्छन् ।

ईसीयूमा कनेक्ट भएका सेन्सर र एक्चुएटरको कार्यलाई निरन्तरता प्रदान गर्न समेत यसले सहयोग गर्ने रेसिस्टेन्स एनालिसिस मार्फत कुनै छुट्टै सर्किटमा हुने सम्भावित सर्ट सर्किटको पहिचान गरी कार्य सम्पादन क्षमतालाई प्रभावकारी बनाउन समेत सहयोग गर्ने कम्पनीले जनाएकाे छ ।

टेस्ट बेन्चले रिलेज, फ्युज र अन्य सर्किट प्रोटेक्सन डिभाइसहरूको निरीक्षणलाई सरल बनाई टेक्निसियनहरूलाई स्टार्टिङ र चार्जिङ सर्किट दुबैको पहिचान गर्न र यसको बारेमा बुझ्न समेत सहज बनाउने छ ।

आईएमई मोटर्सका प्रशुराम घिमिरे नेतृत्वको आन्तरिक टिमले सीमित स्रोतमा सो इलेक्ट्रिक टेस्ट बेन्च तयार गरेको हो ।

आईएमई मोटर्सका सीईओ हेमन्त पुराणिकले इलेक्ट्रिक टेस्ट बेन्चको परिचयले इलेक्ट्रिकल डायग्नोस्टिक्समा महत्वपूर्ण फड्को मार्ने र डायग्नोस्टिक क्षमताहरूले विभिन्न क्षेत्रका विद्युतीय समस्याहरूको निदान र समाधान गर्न दक्षता, शुद्धता र प्रभावकारिता वृद्धि गर्ने बताए ।

आईएमई मोटर्सले आगामी दिनमा यस सम्बन्धी उद्योग क्षेत्रका विशेषज्ञहरूसँगको सहकार्यमा प्राविधिक तथा इन्जिनियरहरू लाई यस प्रविधिको बारेमा शिक्षित गराउन तालिम तथा वर्कशप आयोजना गर्ने योजना बनाएको पुराणिकले बताए ।

सम्बन्धित समाचारहरू

चितवनमा अब शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनको डीसी फास्ट चार्जिङ स्टेसन

चितवनमा अब शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनको डीसी फास्ट चार्जिङ स्टेसन

दिगो भविष्यको लागि वातानुकुलित यातायात प्रविधि विस्तार गर्न शारडा ग्रुप र...

विद्युतीय सवारीको संशोधित करप्रति चिन्तित बीवाईडी : भन्यो – अवैज्ञानिक र तर्करहित कर

विद्युतीय सवारीको संशोधित करप्रति चिन्तित बीवाईडी : भन्यो – अवैज्ञानिक र तर्करहित कर

नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले हालसालै...

ओमोडा ई५ किन्दा १ लाख ५० हजार एक्सचेन्ज बोनस, बजेट अघिकै मूल्यमा खरिद गर्न सकिने

ओमोडा ई५ किन्दा १ लाख ५० हजार एक्सचेन्ज बोनस, बजेट अघिकै मूल्यमा खरिद गर्न सकिने

काठमाडौँ — नेपाली बजारमा लोकप्रिय बन्दै गएको विद्युयित कार ओमोडाले नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...