बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – नेपाली बजारमा हालै भित्रिएको भारतीय इलेक्ट्रिक स्कुटर ब्रान्ड प्युअर ईभीको स्कुटर ई–प्लुटो ७जी मासिक किस्तामा लिन सकिने भएको छ ।
नेपालका लागि आधिकारिक वितरक ह्वाइट लोटस प्रालिले नविल बैंकसँगको सहकार्यमा सो अफर उपलब्ध गराएको बताएको छ । यस अन्तर्गत शुरुमा १ लाख २४ हजार रुपैयाँ डाउन पेमेन्टको रुपमा बुझाउन सकिन्छ । त्यसपछि मासिक ६ हजार ९१६ रुपैयाँ १८ महिना सम्म बुझाए पछि स्कुटर आफ्नो बनाउन सकिन्छ ।
ई–प्लुटो ७जीको मूल्य २ लाख ४९ हजार रुपैयाँ तोकिएको छ । विद्युतीय सवारी साधनमा बैंकहरुले ८० प्रतिशत सम्म पनि फाइनान्स गर्न सकिने व्यवस्था छ ।
प्युअर ईभीको ई–प्लुटो ७जी मोेडलको अधिकतम गति ६० किमी प्रतिघण्टा रहेकोे छ । साथै यसमा २.५ किलोवाट आवर क्षमता भएको पोरटेबल लिथियम आयोन ब्याट्री रहेकोे छ जसले एक पटकको चार्जमा १०० किमी सम्मको यात्रा गर्न सकिन्छ भने यसको ब्याट्रीमा ४० हजार किमी सम्म वारेन्टी रहेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...