इलेक्ट्रिक स्कुटरको ब्याट्री कति वर्ष टिक्छ ?

पछिल्लो समय नेपालमा इलेक्ट्रिक स्कुटरको प्रयोग तीव्र रूपमा बढिरहेको छ । तर, धेरै उपभोक्ताको प्रमुख चिन्ताको विषय भनेको यसको ब्याट्रीको आयु हो ।

विशेषज्ञहरूका अनुसार, इलेक्ट्रिक स्कुटरको ब्याट्री औसतमा ३ देखि ५ वर्ष हुन्छ । यद्यपि इलेक्ट्रिक सवारी साधनमा ब्याट्री लिथियम आयनबाट बनाइएको हुन्छ, जसले गर्दा यसको आयु धेरै हुन्छ । लिथियम आयनबाट बनेको ब्याट्रीको लाइफ ५ वर्षभन्दा बढी हुन्छ। लिथियम आयन ब्याट्रीमा ५०० चार्ज साइकलको क्षमता हुन्छ, जसले गर्दा यसको टिकाउपन उच्च मानिन्छ।

सामान्यतया, इलेक्ट्रिक स्कुटरमा लगभग ५ देखि ७ वर्ष वा ८० हजार किलोमिटरसम्मको वारेन्टी दिइन्छ । ब्याट्री पुरानो हुँदै जाँदा यसको चार्ज गर्ने समय पनि बढ्दै जान्छ। तर जब ब्याट्री बिग्रन थाल्छ, कम प्रयोगमा पनि यो चाँडै सकिन थाल्छ। ब्याट्रीको आयु लम्ब्याउनका लागि विशेषज्ञहरू १०० प्रतिशत  चार्ज नगर्न, ० प्रतिशतमा नझार्न, अत्यधिक गर्मी वा चिसो तापक्रममा नराख्न र तीव्र चार्ज नगर्न सल्लाह दिन्छन् ।

यदि स्कुटरको ब्याट्री छिट्टै डिस्चार्ज हुन थाल्छ वा फुल्न थाल्छ भने तत्काल परिवर्तन गर्नुपर्ने बताइन्छ। नेपालमा इलेक्ट्रिक स्कुटरको माग बढ्दै गएसँगै उपभोक्ताहरूले ब्याट्री मर्मतसम्भारमा ध्यान दिनुपर्ने विशेषज्ञको सुझाव छ।

सम्बन्धित समाचारहरू

१५ दिन पछि शाओमीको इलेक्ट्रिक कार औपचारिक लन्च हुने घोषणा

१५ दिन पछि शाओमीको इलेक्ट्रिक कार औपचारिक लन्च हुने घोषणा

चाइनिज टेक कम्पनी शाओमीको पहिलो इलेक्ट्रिक कार एसयू७ आगामी मार्च २८ मा...

१८ महिना भित्र इलेक्ट्रिक टु ह्विलरको सिरिज ल्याउने टिभिएसको घोषणा

१८ महिना भित्र इलेक्ट्रिक टु ह्विलरको सिरिज ल्याउने टिभिएसको घोषणा

काठमाडौं– भारतीय टु ह्विलर निर्माता टिभिएसले अवको १८ महिनाभित्र...

१ हजार किलोमिटर वढी रेन्ज दिने मर्सिडिजको भिजन इक्यूएक्सएक्स

१ हजार किलोमिटर वढी रेन्ज दिने मर्सिडिजको भिजन इक्यूएक्सएक्स

मर्सिडिज वेन्जले भविष्यमा आधारित इभी कन्सेप्ट भिजन इक्यूएक्सएक्सलाई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...