पोस्र्चे टेक्यान ईभीले बनायो छोटो चार्जिङ समयको कीर्तिमान, २ घण्टा चार्जमा ४,५०० किमी यात्रा
पोस्र्चे टेक्यान ईभीले क्रस कन्ट्री ड्राइभमा सबैभन्दा कम चार्ज गर्ने...
कैलालीको धनगढी उपमहानगरपालिका–५ जाइँका १६ वर्षीय सोहन कैनीले विद्युतीय मोटरसाइकल निर्माण गरेका छन्।
धनगढीको ऐश्वर्य विद्या निकेतनस्थित ११ कक्षामा अध्ययनरत उनले दुई महिना समय लगाएर विद्युतीय मोटरसाइकल निर्माण गरेका हुन् । डेढ लाख रुपियाँ लागतमा आफूले इलेक्ट्रिक मोटरसाइकल निर्माण गरेको कैनीले बताए ।
नयाँ आकार र प्रकारको मोटरसाइकल आविष्कार भएपछि सोहनकी आमा बसन्तीलाई मोटरसाइकल अवलोकन गर्न आउनेलाई स्वागत गर्न भ्याइनभ्याइ छ । व्यवस्थापन विषयमा अध्ययनरत १६ वर्षीय कैनीलाई घरमा पुग्नेलाई आफ्नो प्रतिभाबारेमा जानकारी दिन निकै व्यस्तता छ । सोहनको प्रतिभालाई अनौठो मान्दै त्यहाँ पुग्नेहरुले प्रशंसा गरिरहँदा बसन्तीमा खुसीको सीमा नै थिएन ।
सोहनले एसइई परीक्षा दिइसकेपछिको खाली समयमा ग्यारेजमा मोटर मर्मतसम्बन्धी काम सिकेका थिए । कोरोनाको महामारीको समस्या बढ्दा पूरा समय काम सिक्न नपाएको समस्या बताउँदै उनले भने, ‘आफै घरमा नेट इन्टरनेटको प्रयोगबाट अहिले यो विद्युतीय मोटरसाइकल आविष्कार गर्न सफलता मिल्यो ।’
कमजोर आर्थिक अवस्थाका कारण विद्युतीय मोटरसाइकल बनाउन चाहिने पाटपूर्जा र अन्य सामग्री जुटाउन सोहनलाई आर्थिक समस्या थियो । कमजोर आर्थिक अवस्थाका कारण मोटरसाइकल आविष्कारको कामका लागि आर्थिक समस्या देखिँदा आमा बसन्तीले ऋण खोजेर भए पनि छोराको योजना सफल बनाउने जुक्ति निकालिन्। फलस्वरुप महिला समूहबाट रु १ लाख ५० हजार ऋण निकालेर छोरा सोहनको योजनालाई साथ दिइन् ।
‘घरमा पैसाको अभाव हुँदा वडा सदस्य माया ताम्राकारको सहयोगमा महिला समूहबाट ऋण निकालेर छोराको कामलाई सघाउन सके,’ बसन्तीले भनिन्, ‘मोटरसाइकल आविष्कारमा सफलता पाएपछि वडा कार्यालयले रु ५० हजारको सहयोग गर्ने बचन दिएको छ ।’ कैनीलाई यो मोटरसाइकल तयार गर्न दुई महिना लागेको थियो ।
अहिले बजारमा पाउने मोटरसाइकल ‘सेल्फ स्टार्ट’ प्रविधिका रहे पनि कैनीले बनाएको मोटरसाइकलमा फिंगर प्रिन्ट प्रयोग गरेर चाबी अन गर्दा स्टार्ट हुन्छ । यो मोटरसाइकल चलाउन फिङ्गर प्रिन्ट र चाबी दुवै आवश्यक पर्छ ।
मोटरसाइकलका लागि सोरुममा पाउने पाङ्ग्रा लगायतका पाटपूर्जा र विद्युतीय तार प्रयोग गरिएको छ । मोटरसाइकलमा एक देखि एक १२७ फिङ्गर प्रिन्ट एड गर्न सकिने कैनीले बताए । १२ भोल्टेजका चार बटा ब्याट्री जडान गरिएको छ । जसका कारण एक पटक ब्याट्री रिचार्ज गर्दा ५५ किलोमिटर प्रतिघण्टाको गतिमा गुड्न सक्ने जनाइएको छ ।
एकपटक ब्याट्री रिचार्ज गर्दा ६० देखि ६५ किलोमिटरको दूरीसम्म चल्न सक्ने बनाइएको छ । विद्यार्थी कैनीले आगामी योजनाबारे भने, ‘सहयोग पाएमा आगामी दिनमा अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्न मिल्ने ह्वील चियर बनाउने सोच बनाएको छु, देशमा उपलब्धता हुन नसकेको साधन बनाउने प्रयासमा छु ।’
दुई दिनअघि धनगढी उपमहानगरपालिका कार्यालय परिसरमा आयोजित कार्यक्रममा नगर प्रमुख गोपाल हमालले मोटरसाइकल आविष्कार गर्ने कैनीलाई बधाइँ दिँदै आफ्नो पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।
पोस्र्चे टेक्यान ईभीले क्रस कन्ट्री ड्राइभमा सबैभन्दा कम चार्ज गर्ने...
इलेक्ट्रिक टु ह्विलर ब्रान्ड इभियमले ३ नयाँ इलेक्ट्रिक स्कुटर लन्च गरेको...
काठमाडौं – नेपाली बजारमा दीगो ब्रान्डका इलेक्ट्रिक कार उपलब्ध गराइरहेको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...