हुन्डाई क्रेटा ईभीको टेक्नोलोजी, फिचर र सेफ्टी फिचर सार्वजनिक

हुन्डाईले आफ्नो बहुप्रतिक्षित एसयूभी इलेक्ट्रिक क्रेटा लन्च गर्ने तयारी गरिरहेको छ । इलेक्ट्रिक क्रेटामा अत्याधुनिक टेक्नोलोजी र सेफ्टी फिचर भएको कम्पनीले दाबी गरेको छ ।

हुन्डाईले क्रेटा ईभीमा उत्कृष्ट टेक्नोलोजी प्रदान गरेको छ । कम्पनीबाट प्राप्त जानकारीका अनुसार यसमा इन कार पेमेन्ट पनि दिइनेछ, जसले गर्दा चार्जिङको समयमा इन्फोटेनमेन्ट स्क्रिनबाट नै पेमेन्ट गर्न सकिनेछ । साथै यसमा डिजिटल की, सिफ्ट बाइ वायर, सिंगल पेडल ड्राइभ, भेइकल टु लोड जस्ता प्रविधि उपलब्ध गराएको छ ।

हुन्डाई क्रेटा ईभीमा कम्पनीले धेरै उत्कृष्ट फिचर पनि उपलब्ध गराएको छ । यसमा एड्भान्स क्लाइमेट कन्ट्रोल, बोसको ८ स्पिकर अडियो सिस्टम, १०.२५ इन्चको ड्युअल कर्भिलिनियर स्क्रिनसहितको एचडी इन्फोटेनमेन्ट, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, कुल्ड ग्लोभ बक्स, २६८ भाषामा भ्वाइस कमाण्ड, प्यानोरामिक सनरुफ, हुन्डाई ब्लुलिङ्क कनेक्टिभिटी जस्ता फिचर प्रदान गरेको छ ।

इलेक्ट्रिक क्रेटामा सुरक्षामा पनि विशेष ध्यान दिइएको छ । यसमा एड्भान्स हाई स्‍ट्रेन्थ स्‍टिलको प्रयोग गरिएको छ। यस बाहेक यसमा १९ सेफ्टी फंक्शनसहितको लेभल-२ एडास, ६ एयरब्याग, अल ह्विल डिस्क ब्रेक, ईपीबी, अटो होल्ड, हिल होल्ड असिस्ट, ईएससी, बीएसएम, आइसोफिक्स चाइल्ड एन्कोरेज, टीपीएमएस जस्ता फिचर रहेको छ । साथै एभीएम, बीभीएम, रेन सेन्सिङ वाइपर, पार्किङ सेन्सर जस्ता सेफ्टी फिचर पनि उपलब्ध गराएको छ ।

हुन्डाई क्रेटा इलेक्ट्रिक एसयूभी १७ जनवरी २०२५ मा हुने अटो एक्पोमा लन्च गरिने भएको छ । यसको मूल्य सम्भवत: २० लाख देखि २५ लाख भारु हुने अपेक्षा गरिएको छ । सो एसयूभीले मारुती ग्रान्ड भिटारा इलेक्ट्रिक, एमजी जेडएस ईभी, टाटा कर्भ ईभी जस्ता इलेक्ट्रिक एसयूभीसँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचारहरू

हुन्डाईले आधिकारिक रूपमा लन्च ग-यो इन्डोनेसियाली भर्सन क्रेटा फेसलिफ्ट

हुन्डाईले आधिकारिक रूपमा लन्च ग-यो इन्डोनेसियाली भर्सन क्रेटा फेसलिफ्ट

हुन्डाईले गायकिन्डो इन्डोनेसिया इन्टरनेशनल अटो शो २०२१ मा क्रेटा...

हुण्डाई नेपालले सुरु गर्‍यो ‘मुभिङ टुआर्डस् न्यु नर्मल’ सर्भिस क्याम्पेन

हुण्डाई नेपालले सुरु गर्‍यो ‘मुभिङ टुआर्डस् न्यु नर्मल’ सर्भिस क्याम्पेन

काठमाडौं – हुण्डाई नेपालले ‘मुभिङ टुआर्डस् न्यु नर्मल’ कार्यक्रमको...

हुन्डाईले सीईएस २०२४ मा सार्वजनिक ग-यो इलेक्ट्रिक एयर ट्याक्सी

हुन्डाईले सीईएस २०२४ मा सार्वजनिक ग-यो इलेक्ट्रिक एयर ट्याक्सी

हुन्डाईले आफ्नो नयाँ एयर ट्याक्सी मोडलको प्रोटोटाइप एस–ए२ संसारको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...