फिलिपिन्समा डीएचएलले प्रयोग गर्न थाल्यो बीवाईडी टी३ इलेक्ट्रिक भ्यान
डीएचएल एक्सप्रेस फिलिपिन्सले आफ्नो लजिस्टिक फ्लिटमा बीवाईडीका...
वीरगञ्ज – चालु आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिनामा वीरगञ्ज नाकाबाट विद्युतीय सवारी साधनको आयात बढेको छ भने डिजेल र पेट्रोलबाट चल्ने सवारीसाधनको आयात घटेको छ ।
विद्युतीय जिप, कार र भ्यानको आयात ५६ प्रतिशतले बढेको तथ्यांक छ । गत आवको सो अवधिमा ४५ वटा विद्युतीय सवारीसाधन भित्रिएकोमा यो वर्ष सोही अवधिमा ७० पुगेको भन्सारले बताएको छ ।
त्यस्तै विद्युतीय मोटरसाइकलको आयातमा पनि उल्लेख्य वृद्धि भएको देखिन्छ । विद्युतीय मोटरसाइकलको आयात १९३ प्रतिशतले बढेको छ । विद्युतीय मोटरसाइकलको आयात १२३ बाट ३६१ पुगेको छ ।
पेट्रोलियम पदार्थबाट चल्ने जिप, कार र भ्यानको आयात ८१ प्रतिशतले घटेको वीरगञ्ज भन्सारको तथ्यांक छ । गत आवको दुइृ महिनामा १ हजार ६७३ वटा जिप, कार र भ्यान भित्रिएको यो नाकाबाट यो वर्षको सोही अवधिमा ३१० वटामात्र आएको देखिन्छ ।
मोटरसाइकलको आयातमा ६१ प्रतिशतले कमी आएको भन्सारले बताएको छ । अघिल्लो वर्षको २ महिनामा १२ हजार ६३३ वटा मोटरसाइकल आयात भएको थियो । यो वर्षको साउन र भदौमा ४ हजार ९६८ वगटा मोटरसाइकल मात्र भित्रिएको वीरगञ्ज भन्सारको तथ्यांक छ ।
अनएसेम्बल्ड मोटरसाइकलको आयात भने बढेको देखिन्छ । यस्तो आयात १६० प्रतिशतले बढेको छ । गत आवको पहिलो २ महिनामा यो नाकाबाट ३ हजार १९६ वटा यस्ता मोटरसाइकल भित्रिएकोमा यो वर्ष ८ हजार ३०७ वटा आएका छन् ।
विदेशी मुद्रा सञ्चितिमा परेको दबाब कम गर्न भन्दै सरकारले लिएको आयात नियन्त्रणको नीति र बैंकमा लगानीयोग्य रकमको अभावमा लगानी खुम्चिएपछि गाडीको आयात घटेको हो । सवारीसाधन भन्सारले उठाउने राजस्वको मुख्य स्रोत हो ।
त्यसैगरी सरकारले विद्युतीय सवारी साधनको प्रयोगलाई बढाउने र नेपालमै सवारी एसेम्बल गर्ने उद्योगलाई प्रोत्साहन गर्ने नीति लिएको छ । यसका कारण पनि विद्युतीय सवारी र अनएसेम्बल्ड मोटरसाइकलको आयात बढेको मान्न सकिन्छ ।
डीएचएल एक्सप्रेस फिलिपिन्सले आफ्नो लजिस्टिक फ्लिटमा बीवाईडीका...
सेरेसले नेपाल ल्याएको मिनी इभी ई–१ को मूल्य सार्वजनिक भएको छ । सो मिनी ईभी ३...
विश्व अटो बजार अहिले इभीमय वनिरहेको छ । नेपालको सन्दर्भलाई हेर्ने हो भने...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...